महाकवि देवकोटा क्याम्पस सुनवलद्धारा शैक्षिक, खेलकुद तथा विविध सामाग्री वितरण

अमृता सुनार / नवलपरासी , मंसिर २८

महाकवि देवकोटा क्याम्पस सुनवलले बाबा बर्दगोरिया आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक, खेलकुद तथा विविध सामाग्री वितरण गरेको छ ।

क्याम्पसका बिबिए प्रथम सेमेस्टरमा अध्ययनरत छात्र हिमाल केसीको अध्यक्षता एवम महाकवि देवकोटा क्याम्पस संचालक समिति अध्यक्ष कृष्ण प्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामिछानेले सामाजिक उत्तरदायित्व बहन गर्नको लागी विद्यार्थीहरुलाई सिकाउन कार्यक्रमको आयोजना गरेको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि सुनवल वडा नं ११ का वडाध्यक्ष कमल प्रसाद च्वाईले क्याम्पसले यस्तो सराहनीय कार्य गरेकोमा धन्यवाद दिनुभएको थियो । कार्यपालिका सदस्य भगवती बस्याल, बाबा बर्दगोरिया आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम पाण्डे, विद्यालय व्यस्थापन समतिका पदाधिकारी, बाबा बर्दगोरिया आधारभुत विद्यालयका प्रध्यानाध्यापक अस्मिता पाण्डे, क्याम्पस प्रमुख नारायण प्रसाद ढकाल लगाएत डेढ सय जनाको उपस्थिती रहेको थियो ।

विविए प्रथम सेमेस्टर अध्ययनरत छात्रा जानुका चापागाईको स्वागत मन्तव्यको रहेको कार्यक्रमको संचालन बिबिए प्रथम सेमेस्टरका छात्रा दिक्षा सापकोटाले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!