राष्ट्रिय दैनिक /नवलपरासी, २८ मंसिर नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ। निर्वाचनले केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला शाखाको नेतृत्व चयन गर्नेछ। देशभर विहान १० बजेदेखि ४ बजेसम्म मतदान हुने छ। भने पश्चिम नवलपरासीको हकमा सदस्य संख्या ३७ जना भएकोले बिहान ९ बजेदेखि २ बजे सम्म मात्र मतदान हुने निर्वाचन समिति संयाेजक ताराचन्द्र बर्माले बताएका छन । पश्चिम नवलपरासीको जिल्ला शाखामा अध्यक्षका लागि ३ जनाको उम्मेदवारी परेको छ। अध्यक्षका लागि नेपाल प्रेस युनियन तर्फबाट पुरुषाेत्तम सुवेदी त्यस्तै प्रेस चाैतारीबाट केशव पराजुली र कुस्माकर ढकाल (कृष्ण) ले उम्मेदवारी दिएका छन्। उपाध्यक्ष पदका लागि युनियन तर्फबाट प्रकाश न्याैपाने र प्रेस चाैतारीबाट बिकास अधिकारी उम्मेदवारी दिएका छन्। त्यस्तै उपाध्यक्ष महिलामा उर्मिला यादव र बिष्णु खनालको उम्मेदवारी परेको छ। त्यस्तै सचिवमा अनिल यादव, माेहन पाैडेलले उम्मेदवारी दिएका छन् । त्यस्तै सचिव(खुल्ला)मा इन्द्रकुमार रेग्मी र प्रदिप पाठक, सहसचिव (समावेशी)मा गौरीशंकर जयसवाल र सद्दाम हुसैन अन्सारीको उम्मेदवारी परेको छ । यस्तै महासंघको कोषाध्यक्षमा भने श्याम बुचा मगरको एकल उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । यस्तै महासंघको ८ सदस्यमा ११ जनाको उम्मेदवारी परेको थियोे । जसअन्तर्गत १ जना सदस्य रेनुका चाैधरीले उम्मेदवारी फिर्ता लिनुभएकाे छ। त्यस्तै सदस्य (खुल्ला) तर्फ पत्रकार रामु भुषाल, संजिव कोइराला, पप्पु रेग्मी, दीपक खनाल, मुक्तिनाथ तिवारीले उम्मेदवारी दिनु भएको छ । यस्तै सदस्य(दलित)मा उमेश कुमार वि.क, सदस्य(जनजाती)मा राज चौधरी, सदस्य (महिला)मा गिता भट्टराई, राष्ट्रिय परिषद सदस्यमा निवर्तमान अध्यक्ष हरि शर्मा र प्रदेश परिषद सदस्यमा महासंघका पूर्व सभापती टिकाराम गैरे निर्विरोध निर्वाचित भइसकेका छन । आज मतदान दिन आउने मतदाताले आफ्नो परिचय खुल्ने परिचयपत्र वा नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा नेपाल सरकारद्वारा जारी गरिएको परिचय खुल्ने तस्बिरसहितको परिचयपत्र लिएर आउन निर्वाचन समितिले आग्रह गरेको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।