अमृता सुनार/ नवलपरासी ,२७ मंसिर सुनवल सामुदायिक सिकाइ केन्द्रद्वारा ३ दिने फाेहाेरमैला व्यवस्थापन तथा करेसाबारी खेति तालिम सम्पन्न भएको छ । सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष संजय कुमार श्रेष्ठको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न तालिममा ५१ जना महिलाहरुको सहभागिता रहेकोे थियो । कार्यक्रममा प्रमुख अतिथि थापाले सुनवलमा विभिन्न सिपमुलक तालिमको आयोजना गरिएको छ तर प्रतिफल देखिएको छैन यो करेसाबारी खेति तालिममा सिकेको ग्यान र सिपलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिनु भएको थियो । सुनवल नगरपालिकाका शिक्षा शाखा अधिकृत पशुपती भट्टराई, कृषि बिज्ञ प्रशिक्षक बिमल ढकाल, युवराज पुन लगाएतले शुभकामना मन्तव्य दिनुभएको थियो । सिकाइ केन्द्रका उपाध्यक्ष लिला शर्मा पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन समितिका सदस्य सचिव लिला पाठकले गर्नुभएको थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।