पत्रकार महासंघमा तीनै तहको निर्वाचन तयारी पूरा ,नवलपरासीमा ३७ जना मतदाता

राष्ट्रिय दैनिक / नवलपरासी ,२७ मंसिर

नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनका लागि तयारी पूरा भएको केन्द्रीय निर्वाचन समितिले बताएको छ।

केन्द्रीय निर्वाचन समितिका संयोजक चिरन्जीवी खनालले बुधबार जारी गरेको विज्ञप्तिअनुसार जिल्ला, प्रदेश र केन्द्रीय समितिको निर्वाचन तयारी पूरा भएको हो।

त्यस्तै नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीमा मतदानका लागि सबै प्रक्रिया पूरा भइसकेको जिल्ला निर्वाचन समिति संयाेजक ताराचन्द्र बर्माले बताउनुभएको छ।

संयाेजक बर्माका अनुसार मतपत्र तयारी पारिसकेको बताउनुभएको छ। यही मंसिर २८ गते पत्रकार महासंघको तीनै तहको चुनाव हुनेछ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न महासंघका सम्पूर्ण मतदाता सदस्य तथा सरोकारवाला पक्षहरूलाई निर्वाचन समितिकाे अनुराेधसमेत गरेको छ।

नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी शाखाका ३ जनाको उम्मेदवारी गरेका छन ।

नेपाल प्रेस युनियन तर्फबाट पुरुषाेत्तम सुवेदी र प्रेस चौतारी नेपालबाट केशव पराजुली र कुस्माखर ढकालले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

३७ जना सदस्य रहेको महासंघ काेषाध्यक्षमा श्यामबुच्चा मगर ,सदस्य(दलित)मा उमेश कुमार वि.क, सदस्य(जनजाती)मा राज चौधरी र सदस्य (महिला)मा गिता भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ।

निर्वाचन समितिका अनुसार भाेलि ९ बजेदेखि मतदान सुरु हुनेभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!