राष्ट्रिय दैनिक / नवलपरासी ,२७ मंसिर
नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी शाखाका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ । जसमा अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको हो ।
नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन र नेकपा एमाले निकट प्रेस चौतारी नेपालले केन्द्र, प्रदेश र जिल्लामा तालमेल गरी निर्वाचनमा जाने भनेपनि प्रेस चौतारी नेपालबाट २ जनाले उम्मेदवारी दिएका छन् । सहमति अनुसार नवलपरासी जिल्लामा प्रेस युनियनकाे नेतृत्वमा परेको थियो । तर सहमति नभएपछि छुट्टाछुट्टै प्यानल खडा गरि निर्वाचनमा हुम्मिएका छन ।
अध्यक्षमा नेपाल प्रेस युनियनबाट पत्रकार पुरुपोत्तम सुवेदीले उम्मेदवारी दर्ता गर्नु भएको छ । सुवेदी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहनु भएको छ । यस्तै प्रेस चौतारीबाट पत्रकार केशव पराजुली र कुस्माखर ढकालले उम्मेदवारी दर्ता गराउनु भएको छ । पराजुली पत्रकार महासंघ नवलपरासीका पूर्व सभापति समेत हुनुहुन्छ भने ढकाल प्रेस चौतारी नेपालका सल्लाहाकार हुनु हुन्छ ।
यस्तै महासंघको अन्य पदाधिकारीमा पनि २।२ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्ष खुल्ला तर्फ प्रेस चौतारीका विकास अधिकारी र प्रेस युनियनका प्रकाश न्यौपानेले उम्मेदवारी दिनु भएको छ । उपाध्यक्ष (महिला)मा विष्णु खनाल र उर्मिला यादव, महासंघको सचिवमा मोहन पौडेल र अनिल यादव, सहसचिव(खुल्ला)मा इन्द्रकुमार रेग्मी र प्रदिप पाठक, सहसचिव (समावेशी)मा गौरीशंकर जयसवाल र सद्दाम हुसैन अन्सारीको उम्मेदवारी परेको छ । यस्तै महासंघको कोषाध्यक्षमा भने श्याम बुचा मगरको एकल उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
यस्तै महासंघको ८ सदस्यमा ११ जनाको उम्मेदवारी परेको थियोे । जसअन्तर्गत १ जना सदस्य रेनुका चाैधरीले उम्मेदवारी फिर्ता लिनुभएकाे छ। त्यस्तै सदस्य (खुल्ला) तर्फ पत्रकार रामु भुषाल, संजिव कोइराला, पप्पु रेग्मी, दीपक खनाल, मुक्तिनाथ तिवारीले उम्मेदवारी दिनु भएको हो । यस्तै सदस्य(दलित)मा उमेश कुमार वि.क, सदस्य(जनजाती)मा राज चौधरी, सदस्य (महिला)मा गिता भट्टराई, राष्ट्रिय परिषद सदस्यमा निवर्तमान अध्यक्ष हरि शर्मा र प्रदेश परिषद सदस्यमा महासंघका पूर्व सभापती टिकाराम गैरेले उम्मेदवारी दिनु भएको निर्वाचन संयोजक ताराचन्द्र बर्माले जानकारी दिनुभयो ।
निर्वाचन समितिका अनुसार मतदान भाेलि २८ गते शुक्रवार हुँदैछ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

