Rashtriya Dainik

काठमाडौंमा निशुल्क स्काभेटर अपरेटर तालिम सुरु

उमेश बि.क/ काठमाडौं ,२५ माघ

काठमाडौंकाे सानाेठिमि भक्तपुरमा अवस्थित सानाेठिमि प्राबिधिक शिक्षालयमा निशुल्क स्काभेटर अपरेटर तालिम सुरु गरिएको छ।

युसेपकाे सहजिकरण ,काेइकाकाे अार्थिक सहयाेग तथा गुड नेवर्स इन्टरनेसनलकाे प्राबिधिक सहयोग एवम सहमतिकाे अायाेजनामा सन्चालित समावेशी ग्रामीण विकास परियोजना अन्तर्गत महिला तथा युवा स्वराेजगार कार्यक्रमद्वारा स्काभेटर अपरेटर तालिम अाइतवार देखि सुरु गरिएको हाे।

तालिमको एक कार्यक्रमका बीच उद्घाटन गरीएको छ । युसेप नेपालको डाइरेक्टर केशव सुवालकाे अध्यक्षता तथा युवा तथा महिला स्वराेजगार कार्यक्रम कन्सलटेन्ट उमेश कि.ककाे आतिथ्यतामा तालिमको उद्घाटन भएको हो ।

तालिम उदघाटन अवसरमा बोल्ने बक्ताहरुले सिकेका कुराहरुलाई ब्यबहारमा उतार्न सके मात्र तालिमको औचित्य रहने कुरामा जोड दिएका थिए । त्यसैगरी तालिमले आत्मनिर्भर बन्न सहयोग पुग्ने भन्दै ध्यान दिएर तालिम सिक्न आग्रह गरेका थिए ।

तालिम उदघाटन अवसरमा युसेप डाइरेक्टर केशव सुवाल,युसेप कार्यक्रम अपिसर सन्तुलन देसमराे, हाेस्टल इन्चार्ज हिरामन हुमागाई लगायतले बोलेका थिए । तालिममा पाल्हिनन्दन ६ का १९ जना सरावल ७ का १ जना र सुनवल ५ का १ जना गरि २१ जना युवाहरूको सहभागिता रहेका तालिमको सहजिकरण इन्सटेक्टर अनाेज गिरीले गर्ने अायाेजकले जानकारी दिएको छ।

यसघि सरावल ७ बाट २९ जना सुनवल ५ बाट १० जना र पाल्हिनन्दन ६ बाट २ गरि ४१ जनालाई स्काभेटर अपरेटर तालिम दिई सकेको युवा तथा महिला स्वराेजगार कार्यक्रम अधिकृत दुर्गा जेठाराले जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित