रामसरन यादव / २४ माघ
नेपालकै चर्चित कलाकार विजय यादव निर्विज र सरिता साहको अभिनयमा अभिनित गीत’ मैरेज करव’ को भिडियाे टि-सीरीजद्वारा सार्वजनिक भएको छ ।
काठमाडौंको रमणिय स्थान चोभारमा गीतको दृश्यहरु कैद गरिएको छ । चर्चित गायीका सेलिना कुँवर र रौतहटको फातुवा विजयपुर नपाको सन्तपुर निवासी एवंम तराई मधेशका पहिलो फिल्म स्टडिजमा स्नातक गरेका प्रदेश नं.२ का चर्चित गायक कलाकार विजय यादव निर्विजको स्वरबाट सुसजित भोजपुरी गिति एल्वम ‘मैरेज करब’ भिडियाे टि-सीरीजद्वारा सार्वजनिक भएको छ ।
नेपालको तराई मधेस, भारतको विहार, युपी, झारखण्डका साथै मरिसस लगायतका ठाउँमा भोजपुरी गीत, संगित, फिल्मको प्रभाव अत्याधिक रहेको छ । केही समय यता नेपाली कलाकारहरु पनि भोजपुरी भाषामा उत्कृष्ट गित संगित रेकड गर्न थालेको छन । गीतको सम्पूर्ण काम मुम्बईमा भएको छ।
केही महिना पहिला टि—सिरिजद्वारा निर्विज प्रोडक्सनको पहिलो गिति एल्वमको पहिलो गित ‘रुपवा सलोना’ भन्ने बोलको टाईटल गीत सार्वजनिक गरिएको थियो त्यो गीत दर्शक बाट अत्याधिक रूचाइको थियो र यो दोस्रो पटक आउन लागेको गीत अझ धेरै माया पाउने अपेक्षा रहेको निर्विज प्रोडक्सनका सिईओ रचना सिवाकोटीले बताईन् ।
सिवाकोटीका अनुसार गीत आजाद सिंहको छ भन्ने पछिल्लो समय नेपालको भोजपुरी संगितमा चर्चित रहेको संगितकार संतोष राजको संगितबाट सजाईएको छ ।
अजय कुमार को निर्देशनमा रहेको गीतमा क्यामेरा मा कैद गर्ने काम रामशरण उप्रेती ले गरेको छन भने नृत्य निर्देशक अर्जुन बीसी ले गरेको छन ।
निर्विज प्रोडक्सन का सिइओ रचना सिवाकोटी पहिलो चोटी सहायक निर्देशकको काम गरेकी छिन् । गीतको प्रोडक्सन मैनेजर मदन श्रेष्ठ रहेका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

