Rashtriya Dainik

परासीमा प्रतिनिधि सभा विघटनका विरुद्धमा काङ्ग्रेसका शुभेच्छुक पेशकर्मीहरुको बिरोध

बिनोद निगम / २४ माघ

आज पश्चिम नवलपरासीमा संसद विघटन गर्ने बर्तमान सरकारकाे असंवैधानिक कदम तथा सर्वसत्तावाद उन्मुख ओलि सरकारको विरुद्धमा नेपाली काङ्ग्रेस शुभेच्छुक परासी संस्था द्वारा बिराेध प्रदर्शन कार्यक्रम गरिएको छ ।

हातमा कालोपाट्टी र कालो मास्क लगाई विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका पेशाकर्मी र श्रमिकले मौन विरोध प्रदर्शन गरेका छन । कार्यक्रममा प्रतिनिधि सभा विघटनको विरोध स्वरुप प्ले कार्ड, कालोपट्टी र कालो मास्क लगाइएका पेशागत कर्मीहरुले नेपालि काङ्ग्रेस नवलपरासीको पार्टी कार्यलय बिपि भवनमा बाट जिल्ला प्रशासन अगाडिसम्म पुगेर बुद्ध चोक सम्म मानवसाङ्लो बनाई सान्केतिक बिरोध प्रदर्शन गरिएको छ ।

‘प्रतिनिधिसभाको पुुर्नबहाली गर, संवैधानिक सर्वाेच्चता कायम गर, सामाजिक भत्ता लागू, आमनागरिकलाई निःशुुल्क खोप यथाशीघ्र वितरण, सबै श्रमिकको स्थानीय तहमा पञ्जिकरण र न्यूूनतम पारिश्रमिक निर्धारण गर’ जस्ता माग लेखिएका प्ले कार्डहरु लिइ बिरोध प्रदर्शन गरिएको थियो ।
विरोध प्रदर्शन नेपाल ट्रेड युुनियन काँग्रेस नवलपरासीको आयोजनामा नेपाल शिक्षक सङ्घ, नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन, नेपाल सांस्कृतिक सङ्घ, प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपाल, प्रजातन्त्रवादी चिकित्सक सङ्घ र नेपाल प्रेस युनियनलगायतका सङ्घ संस्थाको अगुुवाइमा भएको हो । विरोध कार्यक्रममा करिब ५ सय जना काङ्ग्रेस शुभेच्छुकहरुको उपस्तिथिती रहेको टेड्र युनियन काङ्ग्रेस नवलपरासीका अध्यक्ष ज्ञानहरि अर्यालले जानकारी दिनु भयो । कार्यक्रम नेपाल ट्रेड युुनियनका जिल्ला अध्यक्ष ज्ञानहरी अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांगे्रस जिल्ला सभापति विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित