उमेश बि.क / नवलपरासी ,२० माघ
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले नवगठित बाल क्लब पदाधिकारीहरुलाई झाेला वितरण तथा क्षमता अभिबृद्वि कार्यक्रम सम्पन्न गरेको छ ।

सरावल गाउँपालिका वडा नं. १ देखि ७ सम्मका सम्पुर्ण टाेलकाे बाल क्लबका अध्यक्ष ,उपाध्यक्ष ,सचिव र काेषाध्यक्षहरुलाई बाल अधिकार ,बालमैत्रि तथा माइनट लेख्ने लगाएतकाे विषयवस्तुबारे क्षमता अभिबृद्वि कार्यक्रम गरिएको गाउँपालिका उपाध्यक्ष उत्तमा रायले जानकारी दिनुभएको हाे।

सरावल गाउँपालिकाकाे अायाेजनामा सन्चालन भएको क्षमता अभिबृद्वि कार्यक्रम वडा नं. १ देखि ७ सम्मका बाल क्लबहरुकाे सहभागीता रहेको कार्यक्रममा वडा स्तरीय सन्जाल गठन गरिएको र गठित ६८ वटा बाल क्लबलाई स्टेशनरी सहित झाेला प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेलले जानकारी दिनुभएको हाे।

सरावल गाउँपालिका बालमैत्रि गाउँपालिका घाेषणा गर्नकाे लागि तमाम कसरत भइरहेको गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले बताउनु भएको छ ।
बालमैत्रि गाउँपालिका घोषणाका लागी विभिन्न ३९ सूचकहरु पार गर्नुपर्ने हुन्छ ।

पालिका भित्र स्वास्थ्य, शिक्षा, खानेपानी र भौतिक पुर्वाधार लगाएत विकास निर्माणका कार्यमा बालमैत्रिलाई मुख्य प्राथमिकतामा राखि काम अगाडि बढाइएको अध्यक्ष चाैधरीले बताउनु भएको हाे । पालिकाभित्र रहेका विद्यालय, समाज, प्रत्येक घर, पिउने पानीको अवस्था, सौचालय प्रयोगको अवस्था, नागरिकको आचरणलगायतका विषयमा अनुगमन कार्य केही दिनमा निरन्तर्ता दिइने समेत बताउनु भएको हो ।

बालमैत्रि स्थानीय शासन अबलम्बनको लागी नागरिकमा सकरात्मक सोँच विकास गरी दिर्घकालिन योजनाका साथ पालिका अगाडि बढेको भन्दै अब केही दिन भित्र वडा नं. १ र २ बालमैत्रि नगरको रुपमा अगाडि बढाईने बताउनुभयो ।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

