उमेश बि.क / नवलपरासी ,१९ माघ
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं. ६ सनइमा निशुल्क सिलाइ कटाई तालिम सुरु भएको छ।
काेइकाकाे अार्थिक सहयाेग तथा गुड नेवर्स इन्टरनेसनलकाे प्राबिधिक सहयोग एवम् सहमतिकाे अायाेजनामा सन्चालित समावेशी ग्रामीण विकास परियोजना नवलपरासी अन्तर्गत स्थानीयद्वारा पहल परियोजनाबाट ६ महिने निशुल्क सिलाइ कटाई तालिम सुरु गरिएको हाे ।
तालिमको एक कार्यक्रमका बीच उद्घाटन गरीएको छ । पाल्हिनन्दन गाउँपालिका वडा नं. ६ कार्यवाहक अध्यक्ष अनिता कुमारी सहानीकाे अध्यक्षता तथा युवा तथा महिला स्वराेजगार कार्यक्रम अधिकृत दुर्गा जेठाराको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन भएको हो ।

तालिम उदघाटन अवसरमा बोल्ने बक्ताहरुले सिकेका कुराहरुलाई ब्यबहारमा उतार्न सके मात्र तालिमको औचित्य रहने कुरामा जोड दिएका थिए । त्यसैगरी तालिमले आत्मनिर्भर बन्न सहयोग पुग्ने भन्दै ध्यान दिएर तालिम सिक्न आग्रह गरेका थिए ।

तालिम उदघाटन अवसरमा सनई कृषि सहकारी उपाध्यक्ष ब्यासमुनि चाैधरी , सहकारी काेषाध्यक्ष महातम हरिजन ,समाजसेवी दिनानाथ यादव, रामाशंकर सिंह लगायतले बोलेका थिए । २४ जना महीलाको सहभागिता रहेका तालिमको सहजिकरण दिलमाया चाैधरीले गर्ने समावेशी ग्रामीण विकास परियोजना सहजकर्ता बिनाेद धरिकारले जानकारी दिनु भएको हाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

