Rashtriya Dainik

प्रतिगमनको मतियार नबन्न स्थानीय तहलाई अनेरास्ववियूको चेतावनी

संसद विघटनको विरुद्धमा आन्दोलनरत प्रचण्ड–माधव नेपाल समूह निकट अनेरास्ववियूले पश्चिम नवलपरासीको स्थानीय तहको सरकारलाई प्रतिगमनको मतियार नबन्न अनुरोध गरेको छ।

विज्ञप्ति जारी गरेर प्रतिगामी सरकारको मतियार नबन्न र जनताको करलाई दुरुपयोग नगर्न सुचित गराएको छ। साथै अनेरास्ववियूको निर्देशन बाहिर गएर केपी ओली सरकारको भेला, कार्यक्रमका लागि सरकार गाडि, रकम लगायत सरकारी सेवा प्रयोग गरेको खण्डमा कडा कारबाही गरिने चेतावनी दिएको छ।

संसद विघटन भएपश्चात आन्दोलिन बनेको अनेरास्ववियूले सकारको प्रतिगमनकारी कदमको मतियार नबन्न र स्रोत साधनको बजेट दुरुपयोग नगर्न आग्रह गर्दै स्थानीय तहका सरकारहरुलाई ध्यानाकर्षण गराउने र ज्ञापनपत्र बुझाउन थालिएको संघर्ष समितिकाे संयाेजक सन्जय माैर्यले जानकारी दिनुभएको छ।

स्थानीय तहमा बुझाइकाे ज्ञापन पत्रमा लेखिएको छ, ‘कामचलाउ सरकारले ज्ञानेन्द्रको झल्को दिने गरी पञ्चर्‍याली आयोजना गर्न थालेको छ। यस्ता र्‍यालीहरुको व्यवस्थापनमा स्थानीय सरकारहरु लागेका र राज्यशक्ति र स्रोतको व्यापक दुरुपयोग भएको हामीले जनगुनासो सुनेका छौं। विकास निर्माणका काममा खर्च गर्नुपर्ने जनताको ढुकुटी दुरुपयोग गरी प्रतिगमनलाई सहयोग पुग्ने कुनै कार्य नगर्न हामी चेतावनी दिन चाहन्छौं।’

साथै संगठनले अर्को वर्ष हुने स्थानीय तहको निर्वाचन अगावै आय–व्यय सार्वजनिक गर्नसमेत माग गरेको छ। जनताको सुशासनप्रतितको आकांक्षा पूरा गर्न अनेरास्ववियूले स्थानीय सरकारलाई अपील गरेको माैर्य भनाई छ।

अनेरास्ववियूको केन्द्रीय सर्कुलर अनुसार अनेरास्ववियूले पश्चिम नवलपरासीले माघकाे १८ र १९ गते ७ वटै स्थानीय तहमा ज्ञापन पत्र बुझाएको हाे।

विज्ञप्ति जारी गर्दै केपी सरकार नसच्यिए अबकाे दिनमा अझै सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिइएको संघर्ष समितिकाे संयाेजक सन्जय माैर्यले बताउनु भएको हाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित