Rashtriya Dainik

जनमत पार्टी पर्सा का प्रशिक्षण तथा जिम्मेवारी ग्रहण कार्यक्रम सम्पन्न

वीरगञ्ज १९ पर्सा

डा. सिके राउत नेतृत्वको जनमत पार्टी, पर्साले जिल्ला स्तरीय नेता-कार्यकर्ताका लागी नेतृत्व प्रशिक्षण तथा जिम्मेवारी ग्रहण कार्यक्रम संम्पन्न भएको छ ।

प्रमुख प्रशिक्षकका रुपमा कार्यक्रमका प्रमुख अतिथी एवं जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउतले पार्टीको उद्देश्य, निती, रणनिती र पार्टीको अनुशासान बारे बुझाउँदै आगामी दिनमा पार्टीका नेता कार्यकर्ता लाई आ-आफ्नो जिम्मेवारी इमान्दारी साथ निभाउनका लागी प्रोत्साहित गरेका थिए ।

त्यसैगरी नेतृत्व प्रशिक्षकका रुपमा पार्टी जिल्ला संयोजक संतोष कुमार साहले संगठनमा नेतृत्वका लागी आवश्यक व्यक्तिगत गुण बारे चर्चा गरेका थिए । साथै, उनले पार्टीमा जो कोही इमान्दार र जिम्मेदारी पूर्वक कार्य गरेमा भविष्यमा आफ्नो भूमिका र स्थान आफै सृजना गर्न सकिने बताए ।

आगामी स्थानीय चुनावमा बाजी मार्ने रणनितीका साथ संगठन विस्तार गर्ने र पार्टी लाई मजबुत पार्ने काममा नेता-कार्यकर्ताहरु पूर्ण समर्पित भई लागेको प्रति जिल्ला इन्चार्ज साहले सबैको प्रशंसा समेत गरेका थिए

उक्त कार्यक्रममा पुर्व जिल्ला इन्चार्ज सुजित चौरसिया, जनमत पार्टी पर्सा का महिला अध्यक्ष अनिता रौनियार , पार्टी का केन्द्रिय सदस्य बसन्त कुशवाहा , अब्दुल खाना , पार्टी का महिला नेत्री शबु खातुन लागायत बिभिन्न स्थानिय तहका नेता कार्यकर्ताहरु उलेख्निय सहभागिता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित