शिवराज नगरपालिकाले एक कार्यक्रम बिच महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई झोला तथा आमा समुहलाई विभिन्न सामाग्री वितरण गरेको छ । शिवगढी स्वास्थ्य चौकीको आयोजनामा नगर प्रमुख नेत्रराज अधिकारीले स्वास्थ्य सामाग्री वितरण गरेका हुन ।
वडा न ९ ले आमा समुहलाई बैठक बस्ना सजिलो होस भनि १९ वटा आमा समुहलाई बाल्टी,त्रिपाल र जग स्वास्थ्य आमा समुहलाई वितरण गरिएको शिवगढी स्वास्थ्य चौकी प्रमुख विरेन्द्र मिश्राले बताए । समुदाय स्तरमा लामो समय सम्म सेवा गर्दे आइरहेका महिला स्वास्थ्य स्वयम सेविकालाई नगरपालिकाको तर्फ वाट सजिलो झोला वितरण गरिएको मिश्रले बताए ।
समाग्री वितरण कार्यक्रममा आफनो मन्तव्य राख्दै नगर कार्यपालिका सदस्य सि वि गहतराजले महिला स्वयम सेविकाहरुलाई आफनो काम छिटो छरितो गर्न सहज हुने विश्वास व्यक्त गरेका थिए । कोरोना महामारीको समयमा स्वास्थ्य कर्मी र स्वयम सेविकाहरुले गरेको स्वास्थ्य चतेनामा गरेको सहयोग प्रति खुलेर प्रशंसा गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको आसन वाट आफनो मन्तव्य राख्दै नगर प्रमुख नेत्रराज अधिकारीले महिला स्वयम स्वसकाहरुलाई सानो सहयोग भए पनि विस्तारे वहाँहरुलाई दिने सुविधा विस्तार गर्दे स्वास्थ्य क्षेत्रलाई सुविधा सम्पन्न बनाउन आफु सदैंव लागि पर्ने बताए । नगरपालिकाले नगर भित्र रहेका सम्पुर्ण स्वयम सेविकाहरुको बिमा गरिने बताए । कार्यक्रम वडा न ९ का वडा सचिव प्रेम वलीको संचालन भएको कार्यक्रममा शिवराज स्वास्थ्य शाखाका पुर्णीमा खनाल शिवगढी स्वास्थ्य चौकी प्रमुख विरेन्द्र मिश्र ल्गाएतको उपस्थिती रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

