उमेश बि.क / नवलपरासी ,१८ माघ
पश्चिम नवलपरासीको परासीमा माेटरसाइकल मर्मत तथा माेबाइल मर्मत तालिम सुरु गरिएको छ ।
काेइकाकाे अार्थिक सहयाेग तथा गुड नेवर्स इन्टरनेसनलकाे प्राबिधिक सहयोग एवम् सहमतिकाे अायाेजनामा सन्चालित समावेशी ग्रामीण विकास परियोजना नवलपरासी , स्थानीयद्वारा पहल परियोजना अन्तर्गत महिला तथा युवा स्वराेजगार कार्यक्रम मार्फत युवाहरुलाई अात्मनिर्भर बनाई राेजगार सृजना गरि अार्थिक बृद्धि गराउने उद्देश्यले तालिम सुरु गरेको छ ।

माेटरसाइकल मर्मत तथा माेबाइल मर्मत तालिम पाल्हिनन्दन गाउँपालिका ,सरावल गाउँपालिका र सुनवल नगरपालिका गरि करिब ३४ जना युवाहरूको सहभागीता रहने छ ।

तिन महिनासम्म सन्चालन हुने माेटरसाइकल मर्मत तथा माेबाइल मर्मत तालिमकाे सहजिकरण एक्सपर्ट टेक्निकल कलेज नेपाल प्रा.लिले गर्ने छ।
समावेशी ग्रामीण विकास परियोजना नवलपरासी पश्चिम र नवलपरासी पुर्वमा २ वटा नगरपालिका , ४ वटा गाउँपालिका र १३ वडामा सन्चालित रहेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

