Rashtriya Dainik

सरावल ६ काे धनेवा नदिकाे तटबन्ध मर्मत भएपछि स्थानीय खुशी

उमेश बि.क / नवलपरासी ,१ भदौ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ स्थित धनेवा नदिकाे तटबन्ध मर्मतकाे काम गरिएको छ।

प्रत्येक वर्ष वर्षायाममा ती खाेेलामा बाढी आएर सरावलकाे वडा नम्बर ५ ,६ र ७ काे हजारौं बिगहा खेतीपातीमा लगाएको बालिमा व्यापक क्षति पुर्याउने गरेपछि क्षतिलाई रोक्न तटबन्ध मर्मत गर्ने काम शुरु गरिएको हो।

साउन महिनाको तेस्रो हप्तातिर आएको पानीले गर्दा बालि डुबानमा परेपछि स्थानीयले पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीसंग जनगुनासाे गर्नसाथ पालिका अध्यक्ष चाैधरीले साे स्थानकाे स्थलगत निरीक्षण गरि तटबन्ध मर्मतकाे लागि काम अगाडि बढाउनु भएको हाे।

तत्कालकाे लागि धानबालीमा नाेक्सानी नहाेस भनेर तटबन्ध भत्किएको ठाउँमा माटो भर्ने र उचाइ गर्ने काम भइरहेको पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताउनुभयो ।

अध्यक्ष चौधरीले झरही नदि र धनेवा नदिको कारणले पानीले निकास नपाएकाेले र हरेक बर्ष गाउँमा पानी पस्दा डुबानमा परेकोले बाढीबाट हुने क्षति न्युनिकरणका लागि साइफन निर्माणका लागि तीस लाख बजेत बिनियोजन गरेको समेत बताउनुभयो ।

पालिका अध्यक्ष चाैधरीसंग जनगुनासाे गर्नसाथ तत्काल धनेया खाेला भत्किएको तटबन्ध मर्मतसम्भार हुन थालेपछि त्यस भेगका जनताले वर्षायाममा आफूहरु र बालिनाली सुरक्षित रहने विश्वास व्यक्त गरि खुशी ब्यक्त गरेका छन्।

तटबन्ध मर्मतसम्भार काम निरीक्षण गर्न सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी र सरावल ६ वडा अध्यक्ष छोटेलाल गुप्ता , समाजसेवी झिन्कु चौधरी, लच्क्षिमीकान्त चौधरी सहितको टोलिकाे उपस्थित रहेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित