राजन कुमार बानिया /पर्सा ,१ भदौ
बिरगंजबाट प्रकाशित हुने प्रतिष्ठित प्रतीक दैनिकले आज आफ्नो ३८औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। यस अवसरमा विभिन्न पत्रकार र कर्मचारीहरूलाई सम्मानित गरिएको थियो।
वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष प्रदान गरिँदै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस पटक पर्सा जिल्लाकी महिला पत्रकार विमला गुप्तालाई प्रदान गरिएको छ। उनलाई वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले रु ५१ हजार नगद राशिको साथमा दोसल्ला ओढाएर र प्रमाणपत्र प्रदान गरी सम्मान गरे।
समारोहमा प्रतीक दैनिककै ग्रामिण संवाददाता धर्मेन्द्र चौरसिया उत्कृष्ट संवाददाताको रूपमा पुरस्कृत भए। साथै, स्तम्भकार कुमार रूपाखेती र प्रतीक दैनिकका कर्मचारी महमद तबरेज हवारीलाई पनि विशेष सम्मान प्रदान गरियो।
वार्षिकोत्सव कार्यक्रमले पत्रकारिताको क्षेत्रमा प्रतीक दैनिकको योगदानलाई पुनः एक पटक उजागर गरेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

