Rashtriya Dainik

सशस्त्र प्रहरीद्वारा तस्करीको लत्ताकपडा सहित मोटरसाइकल बरामद

वीरगंज, ३२ साउन ।
सशस्त्र प्रहरी बल विओपी बरैनिया बाराले अवैध रुपमा भन्सार छलेर नेपाल भित्रयाउदै गरेको दुई लाख रुपैया बराबरको अबैध लत्ता कपडा सहित मोटर साईकल नियन्त्रणमा लिएको छ । शुक्रबार दिउसो भारतबाट अबैध रुपमा भन्सार छलेर तस्करहरुले नेपाल भित्रयाउदै गरेको लत्ता कपडा सहित मोटरसाईकल सशस्त्र प्रहरी बल विओपी बरैनिया बाराले नियन्त्रणमा लिएको हो ।

बाराको फेटा गाउँपालिका राजवटिया गाउँबाट तस्करहरुले मोटरसाईकलमा कपडा भारतबाट नेपाल ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरीको बिओपी बरैनियाका सशस्त्र प्रहरी नायव निरिक्षक नबिन खडकाको कमाण्डमा रहेकोे टोलीलाई देख्ना साथ मोटर साईकल र मोटर साईकलमा रहेको लत्ता कपडा छाडेर भागे पछी नियन्त्रणमा लिएको हो ।सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको अबैध लत्ता कपडामा कुर्ता शुरुवाल, साडी, ब्लाउजको कपडाहरु मोटर साईकल सहित रहेको र उनीहरुको अन्दाजी बजार मुल्य करिव दुई लाख रुपैया बराबरको सामानहरु रहेको सशस्त्र प्रहरीको बिओपी बरैनियाका प्रमुख सशस्त्र प्रहरी निरिक्षक प्रकाश आर्चायले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको उक्त सामान बीरगंज भन्सार कार्यालयमा बुझाउने सशस्त्र प्रहरी निरिक्षक आचार्यले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित