Rashtriya Dainik

धर्म गुरु कालिबाबा र नेता कँडेल बिच भेटवार्ता , हिन्दूराष्ट्र बनाउनु पर्ने विषयमा छलफल

काठमाडौँ ,३२ साउन

विश्व प्रसिद्ध कमाउनु भएका हिन्दुधर्म गुरु १००८ बाबा कालिदास (कालिबाबा) र पुर्व र्गृहराज्यमन्त्री एबं नेपाली काङ्ग्रेसका प्रभावशाली नेता देवेन्द्रराज कँडेल बिच आज भेटवार्ता भएको छ ।

कालिबाबा र नेता कँडेल बिच नेपाललाई सनातन हिन्दूराष्ट्र बनाउनु पर्ने विषयमा गम्भिर छलफल भएको हो ।

नेपाल सनातन हिन्दूराष्ट्र थियो । जनमत बिना हिन्दूराष्ट्र खोसिएको हो । यसका लागि आफुहरु जस्तो सुकै त्याग गर्न तयार रहेको उहाँहरुको एक श्वर थियो ।

नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य समेत रहेका कँडेलले संविधान संशोधनमा वैदिक सनातन हिन्दू राष्ट्र, निर्वाचन प्रणाली संशोधन जरुरी रहेको बताउँदै आउनुभएको छ। सत्ता साझेदारको प्रमुख दल नेपाली कांग्रेस भित्र सनातनहिन्दूराष्ट्रको पक्षमा वकालत गर्नेहरुको संख्या उल्लेख्य तवरबाट बृद्धी भइरहेको छ ।

कांग्रेस नेतृत्वमा २०७२ सालमा संविधान जारी गरिएको थियो। संविधानमा मुलुकलाई धर्म निरपेक्ष राष्ट्र बनाउने निर्णय गरिएको थियो। यसअघि २०६३ सालको अन्तरिम संविधानमा नेपालले हिन्दु राष्ट्रको हैसियत गुमाएको थियो।

त्यति बेला नै कसैको दबावमा धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको भन्दै विरोध भएको थियो। कांग्रेसका महामन्त्री एबं प्रभावशाली नेता स्व खुमबहादुर खड्काले तत्कालिन समय देखिनै नेपाली काङ्ग्रेस सनातन हिन्दूराष्ट्र पुनर्स्थापनाको महाअभियान चलाउँदै आएका थिए ।

९४ प्रतिशत हिन्दू धर्मालम्बी भएको मुलुकमा जबरजस्ती धर्म निरपेक्ष मुलुक घोषणा गरिएको भन्दै विरोध भएपनि विरोधका स्वर अझै चर्किन सकेको छैन् ।

पछिल्ला केही वर्षदेखि भने कांग्रेस केन्द्रीय सदस्य तथा सांसद शङ्कर भण्डारी र नेता कँडेलको अगुवाइमा ‘सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान’ले स्थान पाउँदै गएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित