Rashtriya Dainik

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

अनिल बनिया/ नवलपरासी , ३२ साउन

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १६ स्थित अटोको ठक्कर खाई मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको छ। मृत्यु हुनेमा बर्दघाट नगरपालिका- १६ कालुचोक बस्ने बर्ष ३० को रमेश गुरुङ रहेको प्रहरीले जनाएको छ ।

आज दिउँसो १ बजे बर्दघाट नगरपालिका- १६ रसायली चोकस्थित बर्दघाट-त्रिवेणी भित्री सडक खण्डमा बर्दघाटबाट बरुवा तर्फ जादै गरेको लु २८ प ५४२० नं. को मोटरसाइकलले सोही दिशाबाट जादै गरेको अर्को मोटरसाईकललाई ओभरट्याक गर्ने क्रममा सोही दिसाबाट जादै गरेको लु १ ह ४१६३ नं. को अटोमा ठक्कर खाई आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

घाईते चालकलाई चिसापानी सामुदायिक अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा दिउँसो २:३० बजे मृत्यु भएको अस्पताल श्रोतलाई उद्दृत गर्दै जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टम पश्चात आफन्तले बुझिलगेको प्रहरीले जानकारी दिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित