नवलपरासी , ३२ साउन ।
नवील बैकको सहकार्यमा पश्चिम नवलपरासीको बर्दघाट स्थित दिब्यज्योती बहुमुखी क्यापसमा सञ्चालीत नवील सामाजीक उद्यमशिलता कार्यक्रम अन्तर्गत पहिलो ब्याचका प्रशिक्षार्थीलाई दिक्षान्त गरिएको छ ।
एक कार्यक्रम विच द्धिक्षित हुने प्रशिक्षार्थीहरुलाई बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ, चौधरी फाउण्डेसनकी सचिव एवंम् समाजसेवी सारीक चौधरीले संयुक्त रुपमा प्रमाणपत्र बितरण गर्नुभयो ।

सो अवसरमा बोल्दै नगर प्रमुख श्रेष्ठले चौधरी फाउण्डेसन र नवील बैकको सहकार्यमा भएको नवील सामाजीक उद्यमशिलता कार्यक्रमबाट यस क्षेत्रमा युवा उद्यमशिलतको दृष्टिकोणले नंया आयाम स्थापना हुने विस्वास ब्यक्त गर्नुभयो ।
सो अवसरमा क्याम्पस सञ्चालक समिती अध्यक्ष पुन्य प्रसाद पौडेल, क्याम्पस प्रमुख सागर मणी पाण्डे, नवील बैकका लुम्विनी प्रादेशिक प्रमुख अमीक केसी , चौधरी फाउण्डेसनका प्रवन्ध निर्देशक मेरीना रन्जीत , प्रशिक्षार्थीद्धय दिपक बहादुर गुरुङ्ग , योगमाया गुरुङ्ग लगायतले उक्त कार्यक्रमको उदेश्य माथी प्रकाश पार्नुभयो ।
पहिलो ब्याचको कार्यक्रममा २५ जना युवा युवती सहभागी भएको थिए । संघीय सांसद बिनोद चौधरीले यस क्षेत्रमा युवा युवतीलाई ब्यापार ब्यवासाय साथै उद्यमशिलता तर्फ अग्रसर बनाउन यस प्रकारका कार्यक्रम ल्याउने सहजीकरण गर्नुभएको हो ।

कार्यक्रममा सहभागी भएको युवा युवतीलाई उद्यमशिलता तर्फ अघि बढाउने नवील बैकले आवश्यकता अनुसार ब्यापारको योजना अनुसार न्युनत्तम ब्याजमा कर्जा प्रवाह गर्ने छ ।
करिव ६ महिना सम्म चलेको उक्त कार्यक्रममा ,समग्र रुपमा ब्यापार ब्यवसायको अध्ययन , ब्यापार गर्ने तरीका , बजारीकरणको अध्ययन , आपुर्ति र माग साथै ब्यापारको दिर्घकालीन बिषय बस्तुवारे प्रशिक्षण दिइएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

