उमेश बि.क / नवलपरासी ,१२ असार पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ बसहीमा आयोजना गरिएको छैठौं बसही कप फुटबल प्रतियोगिताकाे उपाधी भगडाले उचालेको छ । सरावल गाउँपालिकाकाे सहयोग तथा बसन्त युथ क्लब सरावल १ बसहीकाे आयाेजनामा सन्चालित छैठौं बसही कप फुटबल प्रतियोगितामा भगडाले बसहीलाई ४–१ ले हराउँदै भगडा उपाधि चुमेको हो । प्रतियोगिताका उपाधि विजेता भगडाले नगद १५ हजार मेडल ,कप ,प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेतामा चित्त बुझाउन बाध्य भएको बसही ले नगद १० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजयी टिम र खेलाडीलाई सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी र वडा नम्बर १ वडा अध्यक्ष बिष्णु प्रसाद भट्टराईले नगद तथा पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । असार ७ गतेबाट सञ्चालन भएको प्रतियोगितामा सरावल गाउँपालिका वडा नम्बर १ अन्तर्गतको सातवटा खेलाडी समुहले सहभागिता जनाएको आयोजक समितिका अध्यक्ष उत्तर कुमार चाैधरीले जानकारी दिनुभएको हाे। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।