Rashtriya Dainik

महादेवमा बिवाह हलको शिलान्यास

सुरेश कुमार पांडेय/ माघ १४

कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिको महादेवमा बिवाह हलको शिलान्यास भएको छ। उक्त हलको शिलान्यास प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष निसार अहमद खाँनले गर्नुभएको हो ।

बिजय बहादुर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको विशिष्ट अतिथि सन्तोष श्रीवास्तव, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णा प्रसाद ज्ञवाली, जिल्ला समान्य समिति सदस्य काजु ताणीवान, ईलाका प्रहरीबाट ईन्द्रनाथ धोबी, सब ईन्जिनियर करण रियल, सन्दिप पाण्डे, ईन्द्र मणि खनाल लगायत उपस्थिति रहेको थियो ।

शुद्धोधन गाउँपालिका बासीलाई सहयोग हुने उद्देश्यले बिवाह हलको शिलान्यास भएको बिजय बहादुर यादवले बताउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित