तुलसी राम पौडेल / फर्साटिकर १४ माघ रुपन्देहीको शुद्दोधन गाउपालिका वडा नम्बर -४ सौ फर्साटिकर स्थित फर्साटिकर माध्यमिक विद्यालयमा संचालित सिभिल इन्जिनियरिङ तर्फको भवन निर्माणको लागि वडा नम्बर ४ कर्वला बम्रेलिटोलमा रहेको विद्यालयको आफ्नो जमिनमा भवन शिलान्यास कार्यक्रम बुधबार सम्पन्न भयो । नेपाल सरकारका अर्थमन्त्री बिष्णु पौडेलले उक्त भवनको शिलान्यास गर्नुभएको हो ।सो अवसरमा बोल्दै उहाले भवन निर्माण सम्पन्न गर्नको लागि संघिय सरकारबाट सक्रिय सहयोग हुने बताउनु भयो ।साथै उहाले शुद्दोधन गाउपालिकाको समग्र विकासको लागि बनेका योजनाहरुलाई सक्रियताका साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।बिकासको दृस्ठिकोणले हामी पछाडि पर्यौं भन्ने अनुभुति गर्ने अवस्था आउन नदिने अर्थमन्त्री पौडेलले बताउनु भयो। प्रदेश सासद तुलसी प्रसाद चौधरीले शिक्षा ,स्वास्थ्य लगायत समग्र विकासमा सरकारले धेरै कामहरू सम्पन्न गरेको बताउनु भयो । फर्साटिकर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर घर्तिको अध्यक्षता, अर्थमन्त्री बिष्णु पौडेलको प्रमुख आतिथ्यता,लुम्बिनी प्रदेश उद्दोग पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरिको विशिस्ट आतिथ्यता, प्रदेश सासद तुलसी प्रसाद चौधरी , पुस्पा थरुनिको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख गोमा आचार्य , शुद्दोधन गाउपालिका अध्यक्ष किसुन चन्द चौधरी ,उपाध्यक्ष शान्तादेवी ज्ञवाली ,सियारी गाउपालिका अध्यक्ष अयोध्या थारु, शुद्दोधन गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजेन्द्र कंडेल लगायत जनप्रतिनिधिहरु ,शिक्षाप्रेमी ,बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन विद्यालयका प्रधानाध्यापक देवराज पौडेलले गर्नुभएको थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।