टी-२० विश्वकप क्रिकेटमा १० वर्ष पछि छनोट हुन सफल नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न लागे छ। तर समूहचरणको पहिलो खेलमा वर्षाका कारण टसमा ढिलाइ भएको छ। अब कम्तीमा आधा घण्टा ढिला हुने छ। वर्षाका कारण मैदान भिजेका कारण टसमा ढिलाइ भएको हो। हाल मैदानमा वर्षा नभएपनि मैदानमा जमेका कारण ३० मिनेट ढिलाइ हुने भएको हो। अब नेपाली समय अनुसार ९:१५ मा टस हुनेछ भने ९:४५ बजे खेल सुरु हुने कार्यातालिका रहेको छ। अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना भइरहेको विश्वकपमा दुवै टोली पहिलो खेल खेल्दैछन्। दुवै टोली जितका साथ यात्राको प्रारम्भ गर्न चाहन्छन्। टी-२० अन्तर्राष्ट्रियमा नेदरल्यान्ड्स नेपालको चिरपरिचित टोली हो। यी दुई टोलीले सन् २०१५ यता ३ महिना अघि सम्म १२ खेल भएका छन्। जसमा ५ खेलमा नेपाल र नेदरल्यान्ड्सले ६ खेल जितेको छ। एउटा खेल भने नतिजा विहीन भएको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।