स्वयमसेविकालाई साइकल हस्तान्तरण , उच्च मनोबलका साथ काम गर्न अध्यक्ष चाैधरीद्वारा आग्रह

उमेश बि.क / नवलपरासी ,१२ माघ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. २ मा महिला स्वास्थ्य स्वयमसेविकालाई साईकल वितरण गरिएको छ ।

साेमवार सरावल गाउँपालिका वडा नं. २ मा आवद्ध भएका ८ जना महिला स्वास्थ्य स्वयसेविकाहरुलाई साइकल वितरण गरिएको हो ।

मनरी स्वास्थ्यचाैकीकाे अायाेजना तथा वडा नं. २ काे सहयाेगमा मनरी स्वास्थ्यचाैकी ब्यवस्थापन समिति उपाध्यक्ष छिमा देवी रायकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा सहज रुपमा सेवा दिनका लागि सहयोग पुगोस भनेर साइकल हस्तानतरण गरिएको थियो ।

साइकल हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष चाैधरीले स्वास्थ्य सेवाका लागि खटिएकी महिला स्वयमसेविकाहरुको पिडा कम गर्ने र वडा अन्तर्गतका सर्वसाधारणहरु सहज र छिटो छरितो स्वास्थ्य सेवा पाउन सकोस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको बताउनु भएको हाे। गाउँपालिकाबाट स्वयंसेवीकाहरुलाई सेवासुविधा बढाएको र अर्को बर्षबाट गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकालाई दिदै आएको रकम तथा सेवासुविधा बढाउने घोषणा गर्नुभएको हाे। अध्यक्ष चाैधरीले महिला स्वयमसेविकाहरुलाई उच्च मनोबलका साथ समुदायमा काम गर्न आग्रह गर्दै स्वास्थ्यसेवालाई अझै प्रभाबकारी बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्दता समेत ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा स्वयंसेविका सीता शर्मा ,मनरी स्वास्थ्यचाैकी ईन्चार्ज निलकण्ठ भण्डारी,स्वास्थ्यकर्मी गणेश अर्याल लगाएतले स्वयमसेविकाहरुको योगदान र साईकलको बारेमा बोलेका थिए ।

साइकल पाएपछि महिला स्वास्थ्य स्वयंसेविका खुशी छन् । आफूलाई आवत-जावत गर्ने साधन साईकल पाउँदा उत्साहित बनेका स्वयमसेविकाहरुले स्वास्थ्यचौकी र वडा कार्यालयसम्म पुग्न निकै सजिलो हुने बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot