उमेश बि.क / नवलपरासी ,१२ माघ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ हात्तिवनमा अायाेजित चाैथाे गाउँ स्तरीय फुटबल प्रतियाेगिताकाे उपाधि बैरागनाथले हात पारेकाे छ ।
साेमबार भएकाे फाईनल खेलमा गंगाबस्तिलाई ट्राईब्रेकरमा ४-३ गाेल अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेकाे हाे । त्यस्तै तृतीय स्थान बलुवाले कब्जा गरेको हाे। सरावल गाउँपालिका वडा नं. ४ हात्तिवनकाे खेलमैदानमा चाैथाे गाउँ स्तरीय फुटबल प्रतियाेगिता पुस १८ गते देखि सुरु भएकाे थियाे ।

खेलकुदमा प्रथम हुनेलाई ४० हजार मेडल प्रमाण पत्र,दाेस्राे २५ हजार मेडल प्रमाण पत्र र तेस्रो हुनेलाई ५ हजार बराबरको पुरस्कार एवम् मेडल प्रमाण पत्र प्रदान गरिएको क्लबका सचिव कमलेश कहाँरले जानकारी दिनुभएको हाे।

सम्मेमाई सामुदायिक युवा क्लबका अध्यक्ष सन्तराम केवटकाे अध्यक्षता तथा समाजसेवी अकुरुदिन पठानकाे प्रमुख अातिथ्यतामा फुटबल प्रतियाेगिता सम्पन्न गरिएको हाे।

फुटबल प्रतियाेगितामा समाजसेवी अकुरुदिन पठान,समाजसेवी सुरेश यादव,राष्ट्रिय दैनिकका कार्यकारी निर्देशक तथा नेपाल प्रेस युनियनका जिल्ला उपसभापति उमेश कुमार बि.क ,बुद्ध ज्याेती प्रा.बि हात्तिवनका प्र.अ बिनाेद कुमार पाण्डेय ,महेन्द्र चाैधरी ,गाेबरहिया प्रहरीचाैकी इन्चार्ज लिल बहादुर बि.क,समाजसेवी मनाेज चाैधरी ,बुद्ध सागर गुप्ता ,रेशमराज कहार लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतियाेगितामा नवलपरासी अन्तर्गतको २७ फुटबल टिमको सहभागीता रहेको थियाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

