Rashtriya Dainik

ट्रमा सेन्टर निर्माण प्रक्रिया बारे सरोकारवाला बिच छलफल

नवलपरासी ,१७ बैशाख

पश्चिम नवलपरासीको बर्दघाट स्थित चिसापानीमा निर्माण हुन लागेको ट्रमा सेन्टर निर्माण प्रक्रिया बारे सरोकारवाला बिच छलफल गरिएको छ ।

अस्पताल परिसरमा आयोजीत छलफल कार्यक्रममा संघीय सांसद बिनोद चौधरीले यस ट्रमा सेन्टर निमार्णले यस क्षेत्रको स्वास्थ्य उपचार सेवाका लागी नागरिकहरुलाई महत्वुर्ण भुमीका निर्वाह गर्ने बताउनुभयो ।

आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बर्दघाट क्षेत्रमा ट्रमा सेन्टर निमार्णको काम अघि बढ्ने बिषय आफुलाई पनि गैरभको बिषय भएकाले यस क्षेत्रको विबिध विकासमा आफुल एउटा जिम्मेवार जनप्रतिनिधीको हैसीयतले भुमीका निर्वाह गर्ने बताउनुभयो ।

सो अवसरमा बोल्दै पुर्व गृह राज्यमन्त्री एवंम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलले मा सेन्टर निर्माण प्रक्रिया अघि बढ्नु जिल्लाका एक महत्वपुर्ण गैरभको बिषय बनेको बताउनुभयो । सो अवसरमा प्रदेश सभा सदस्य देवकरण प्रसाद कलवार सन्तुले ट्रमा सेन्टर निमार्णले जिल्लामै स्वास्थ्य उपचारको सेवाको विकासमा ठुलो टेवा पुग्ने विस्वास ब्यक्त गर्नुभयो ।
सो छलफल कार्यक्रममा , संविधान सभा सदस्य सिन्दु जलेसा , बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ , चिसापानी अस्पताल गुणस्तर सुधार समितीका संयोजक यम बहादुर थापा , बर्दघाट नगरपालिका वडा न. २ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री लगायतले ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढ्संगै यस क्षेत्रमा खुसीयाली आएको बताउनुभएको थियो । ‘

चिसापानी अस्पतालमा ट्रमासहितको सुविधा सम्पन्न एकीकृत अस्पताल सञ्चालन गर्ने अनुसार काम अगाडि बढेको हो । १५ करोड बजेट लागतको बहुवर्षीय ठेक्का अन्तर्गत सघन सहरी तथा भवन निर्माण योजना, चितवनले टेण्डर प्रकृया अघि बढाएको हो ।
अर्थ मन्त्रालयबाट १५ करोड रुपैयाँको बहुवर्षीय ठेक्का तथा श्रोत सुनिश्चितताको स्वीकृति प्राप्त भएपछि सघन सहरी तथा भवन निर्माण योजना, चितवनले बनाएको डिजाइन र शहरी विकास तथा भवन निर्माण विभागले स्वीकृत गरेको थियो ।
प्रतिनिधिसभामा निर्वाचित भएपछि सांसद चौधरीले नवलपरासीको विकासका लागि आफूलाई केन्द्रीत गर्दै आउनुभएको छ । ट्रमा अस्पताल सञ्चालनपश्चात् पूर्वपश्चिम राजमार्गको नवलपरासी बुटवल खण्डमा हुने सवारी दुर्घटना तथा स्थानीय तहमा हुने दुर्घटना लगायत सबै प्रकारका विरामीहरुले सहज उपचार पाउने छन् ।


यस अगाबै सांसद चौधरीको पहलमा चौधरी फाउण्डेसनको सहयोगमा अस्पताललाई विशिष्टिकृत सेवा दिनका लागी विभिन्न प्राविधीक सामाग्री उपलब्ध गराईसएिको छ । फाउण्डेसनकै सहयोगमा अस्पतालमा सीजी सबल केन्द्र (कृत्रिम हातखुट्टा सेवा परियोजना) सञ्चालनमा छ । यो सेवा नागरिकले निशुल्क प्राप्त गर्नेछन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित