राष्ट्रिय दैनिक / नवलपरासी ,१० माघ पश्चिम नवलपरासीमा काेराेना संक्रमित थपिने क्रम घट्दै गइरहेको छ। भने देशमा संक्रमित दिनमै ४–५ सयको हाराहारीमा थपिएकै छन् । जिल्लामा कोरोनाका नयाँ संक्रमित थपिने क्रममा कमि आएपनि स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले आग्रह गरेको छ । हाल पश्चिम नवलपरासीमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३२ रहेको छ । जसमध्ये १३ महिला र १९ पुरुष रहेका छन् । यस्तै जिल्लामा कुल १ हजार ४ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तिमध्ये अधिकांश निको भएका स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा हालसम्म १० महिला र २३ पुरुष गरी ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।