उमेश बि.क / नवलपरासी ,२६ चैत
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले
आर्थिक वर्ष २०८१।८२ को बजेट तथा कार्यक्रमका लागि सुझाव माग गरेकाे छ।
पालिकाले आइतबार सुचना जारी गर्दै कस्ताे नीति तथा कार्यक्रम ल्याउने र कस्ता खालका याेजनालाई प्राथमिकता दिने भन्दै सुझाव मागेकाे हाे।
नेपाल सरकारले २०८१-२०९१ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको रुपमा अघि बढाउने भएकोले आर्थिक वर्ष २०८१/८२ को सरावल गाउँपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा समावेश गर्न उपयुक्त हुने श्रम तथा रोजगार विषयका सुझाव माग गरेको हाे।

गाउँपालिकाको नीति तथा कार्यक्रम निर्माणका लागि उल्लेख्य जन सहभागिता हाेस् भन्ने हेतुले सुझाव संकलन गरिएकाे गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताउनुभयो । सुझाव आगामी २०८१ वैशाख मसान्तभित्र सरावल गाउँपालिकामा उपलब्ध गराई सहयोग गरिदिनु अध्यक्ष चाैधरीले आग्रह गर्नुभएको हाे ।
पालिका अध्यक्ष चाैधरीले राजनीतिक दल, विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नगरवासीहरुमा महत्त्वपूर्ण सुझावकाे लागि अनुरोध गर्नुभएको हाे ।
उपर्युक्त सुझावका लागि प्रत्यक्ष भेटेर साथै कार्यालयकाे इमेल info@sarawalmun.gov.np मा पठाउन सकिने अध्यक्ष चाैधरीले बताउनुभएको हाे।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

