Rashtriya Dainik

गन्तव्य पहिचान एवं प्रवर्द्धन

आरपि उपाध्याय / नवलपरासी ,२५ चैत

नेपाल एसोसिएसन अफ द टुर एण्ड ट्राभल एजेन्ट्स गण्डकी प्रदेश पोखराको आयोजनामा गन्तव्य पहिचान एवं प्रवर्द्धन कार्यक्रम विनयी त्रिवेणीको गजेन्द्र मोक्ष धाममा सम्पन्न भएको छ।
नाटा गण्डकी प्रदेशका अध्यक्ष हरेराम अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा त्रिवेणी गजेन्द्र मोक्ष दिव्य धाम क्षेत्र विकास समितिका अध्यक्ष करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यले सभ्यताको पाठलाई आफुबाट नै सुरु गरि अगाडि बढ्नुपर्ने कुरामाथी जोड दिदै आफ्नो क्षेत्र विकास प्रवर्द्धनका लागि स्थानीय निकायको प्रमुख चासो हुनुपर्ने धारणा राख्नुभयो।
अन्तर्कृया कार्यक्रममा गण्डकी प्रदेश सरकारको उद्योग,वन पर्यटन तथा वातावरण मन्त्रालयका सचिव कुमान सिंह ठकुरीले धार्मिक क्षेत्र त्रिवेणीमा आउने पर्यटकहरुलाई त्रिवेणीमा रोक्नको लागि स्थानीय सरकारको प्रमुख जिम्मेवारी रहने विचार व्यक्त गर्दै इच्छाशक्ति बलियो बनाएर गरिने कार्यबाट नै राम्रो परिणाम आउने विचार व्यक्त गर्नुभएको थियो।


कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरी त्रिवेणी गजेन्द्र मोक्ष धाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसाल लगायतले आफ्नो धारणा राख्नुभएको थियो।
नाटाको वित्तीय उपाध्यक्ष कमला गिरीले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्नुभएको थियो।
संघीय राजधानी काठमाडौदेखि सबैभन्दा नजिक भारतको नाका नै त्रिवेणीको गण्डक ब्यारेज सिमा रहेकोले राजधानी जोड्न त्रिवेणी दुम्किबास सडक नै रहेकोले उक्त सडक निर्माण गर्न कानुनी जटिलता अन्त्य गरि तत्काल सडक निर्माण गर्न तिनै तहका सरकार क्रियाशिल हुनुपर्ने सुझाव अन्तर्कृया कार्यक्रममा दिइएको थियो।
अन्तर्कृया कार्यक्रममा मुक्तिनाथ,लुम्बिनी, पोखरा,बाल्मिकी आश्रम,जनकपुर र अयोध्यालाई धार्मिक सर्किटको रुपमा जोड्नुपर्ने सुझाव दिइएको बताइएको छ।


त्रिवेणी धाममा आउने राजनेता,उच्च पदस्त राष्ट्र सेवक र विभिन्न संघसंस्थाका प्रतिनिधिहरु त्रिवेणी धामामा आउने जाने गरेपनि त्रिवेणीको विकास गतिहीन अवस्थामा बढेकोमा चिन्ता व्यक्त गरिएको पनि जानकारी प्राप्त गरिएको छ।
अन्तर्कृया कार्यक्रममा क्षेत्र विकास समितिका सदस्य,होटल व्यवसायी जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको नाटाकी महासचिव एवं कार्यक्रम सञ्चालिका संगिता पौडेलले बताउनु भएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित