Rashtriya Dainik

३५ औं जनआन्दोलन दिवसको अवसरमा भालुवाङमा जनसभा

बुटवल – मोहन बैद्य ‘किरण’ क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेश संगठन समिति प्रदेश पाँच नम्बर पाँचको आयोजनामा प्रदेश राजधानी भालुवाङमा शनिवार ३५ औं जनआन्दोलन दिवसको अवसरमा जनसभा सम्पन्न भएको छ ।

सभा अघिमा दर्जनौ बसहरु प्रयोग गरेर आएका हजार बढी श्रमजिवीहरुले सक्रिय सहभागिता जनाउदै संसदीय ब्यवस्थाको बिरुद्ध नाराबाजी सहित बजार परिक्रमा गरे ।

सभामा प्रमुख अतिथि पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज प्रेम सुबेदी, अर्का कार्यालय सदस्य तथा उत्पादन बिभाग प्रमुख केबी गुरुङ सचिवालय सदस्य टिकाराम पौडेल, बिद्यार्थी नेता दीपक बिष्ट, नेकपा(मशाल) का केन्द्रीय सदस्य शशिधर भण्डारीले मन्तब्य राख्दै क्रान्तिकारीहरु एकताबद्ध हुदै सर्बहारावर्ग माथि भएका शोषण दमन अन्त्य गर्ने उद्घोष गर्नुभयो ।

सभा सचिवालय सदस्य तथा प्रदेश संयोजक श्यामबहादुर बोहोराको अध्यक्षता, सचिवालय सदस्य तथा प्रदेश सह संयोजक निरज केसीको संचालन र पार्टी केन्द्रीय सदस्य नारायण भण्डारीले कविता वाचन तथा जनसांस्कृतिककर्मी जयफूल्लाह हसनले गीत प्रस्तुत गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित