माघ ८नवलपरासी देशभरिनै नेपाली कान्ग्रेसले अाज बिराेध कार्यक्रम सम्पन्न गरेकाे यसै गरि नवलपरासी मा पनि कान्ग्रेसले बिराेध सभा सम्पन्न गरेकाे छ । नेपाली काँग्रेस प्रतापपुर गाउँपालिकाकाे प्रत्येेेक वडामा आज प्रतिनिधि सभा विघटन विरुद्ध वडास्तरीय प्रदर्शन गरेका छन् । कमिटिले आज प्रतापपुर पालिका भरका ९ वटा वडामा प्रदर्शन गरेको नेपाली काङ्ग्रेसका नेता मुकुल कुमार अाचार्यले जानकारी दिनु भयो । विभिन्न वडामा पुगि युवा नेता उमेशचन्द्र यादव ,पुर्व सासद देकरण कलवार सन्तु लगायतले बाेल्नु भएकाे थियाे । प्रतिनिधि सभा विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै काँग्रेसले चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेर आन्दोलनमा छ । यसअघि पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा काँग्रेसले विरोध प्रदर्शन गरेको थियो । पुस २५ गते विरोध प्रदर्शनलाई थप विस्तार गर्दै ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७ सय ५३ स्थानीय तहमा विरोध गरिएको थियो । आज वडा स्तरीय प्रदर्शनमा पालिकाका सबै कार्यकर्ताहरु सहभागि भएको कान्गग्रेसले जनाएको छ । पार्टीको सबै तह एवं लोकतन्त्रवादी सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न आग्रह गरिएकाे छ ।यसै गरि सरावल गाउपालिकाकाे पुरै ७वटै वडामा बिराेध कार्यक्रममा सम्पन्न भएकाे छ।कार्यक्रम मा सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चाैधरी ,उपाध्यक्ष उत्तमा राय ,अनिल गाैड ,हरि यादव ,सजय मिश्रा लगायतले मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे।यसै गरि सुस्ता पाल्हि गाउपालिका,रामग्राम नगरपालिका,सुनवलनगरपालिकाकाे प्रत्येक वडामा बिराेध कार्यक्रम सम्पन्न भएकाे हाे । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।