सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा अबैध भारतीय रकम सहित एक ब्यक्ति पक्राउ

कृष्णनगर / कपिलवस्तु ,८ माघ

शसस्त्र प्रहरी बल नेपाल बार्डर आउट पोष्ट कृष्णनगरले भारतबाट अबैध रुपमा भित्राईएको ५ लाख २४ हजार ५ सय ७५ रूपैयाँ भारतीय रुपैया बरामद गरेको छ ।कृष्णनगर नगरपालिका वडा नम्बर १ को लिंकगेट चेक प्वाइंट मा शसस्त्र प्रहरी नायब निरीक्षक ठाकुर बहादूर केसी को कमान्डमा खटिएको टोली ले उक्त रुपैया बरामद गरेको हो । भारत तर्फ बाट नेपाल आउदै गरेको पैदल यात्रि जिल्ला बाग्लुंङ निसीखोला गाउपालिका वडा नं. ५ बर्ष ३१ का भागिलाल विक को झोला चेकचाज गर्दा उक्त रकम बरामद भएको छ। भारतीय रुपयाको साथ साथै एक डालर अमेरीकी र दुई सय वैसा ओमानको पनि भेटिएको छ। चेकचाज गर्ने क्रममा ड्युटीमा रहेको शसस्त्र प्रहरी बल नेपाल बार्डर आउट पोष्ट कृष्णानगरको टोलीले बिहिवार बिहान लगभग १० – ११ बजेका बिच उक्त भारतीय रुपैया बरामद गरेको हो । सो बरामद गरिएको पैसा र मान्छेलाई आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाउने तैयारी गरिरहेको कुरा शसस्त्र प्रहरी बल नेपाल बार्डर आउट पोष्ट कृष्णानगरका शसस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्य ले बताएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot