सहबान अन्सारी/नवलपरासी, ७ माघ नवलपरासीमा उखु किसानहरुको बाकी भुक्तानीको लागि सम्बद्ध सरोकारवालाहरुसंग जोडदार माग गरिएको छ । जिल्लामा प्रमुख नगदे बालीको रुपमा रहेको उखु बालीलाई प्रवर्द्वन गरि राज्यलाई चिनीमा आत्म निर्भर बनाउने उद्देश्य हुदाहुदै नेपालको चिनी उत्पादनमा उल्लेखनीय योगदान पुर्याउने उखु किसानहरुको पीडा सहन नसक्ने अवस्था रहेको छ । वर्ष भरी लगानी गरेर उत्पादन गरेको उखुको रकम भुक्तानीको लागी ३ बर्षसम्म पर्खिदापनि सन्बन्धित सरोकारवालाहरुको ध्यान नजानु आफैमा दुखद पक्ष रहेको उखु उत्पादक कृषक समिति नवलपरासीले विज्ञप्तिमार्फत जनाएको छ । पछिल्लो समयमा बाकी भुक्तानीका लागी पिडित किसानहरुले बाध्य भई संघिय राजधानी केन्द्रित अन्दोलनका कार्यक्रमहरु गर्दै गर्दा नेपाल सरकारले २०७६ माघ ७ गते भित्र सम्पुर्ण बाकी भुक्तानी गराउने लिखित प्रतिबद्धता जाहेर गर्दा पनि बाकी भुक्तानी नभएको हुदाँ पुन: राजधानीको माईतीघर मण्डलामा उखु किसानहरुलाई न्यायिक संघर्ष गर्न नेपाल सरकारले बाध्य पार्यो र त्यसै क्रममा सर्लाहीका उँखु किसान स्व. नारायण सयाभगतजी ले सहादत प्राप्त गर्नु भयो र सरकारले २०७७ माघ ५ गते ( २१) दिन भित्र सम्पुर्ण भुक्तानी गराई सक्ने लिखित प्रतिबद्धता पुन: गर्यो तर आज सम्म ईन्दिरा सुगर एण्ड एग्रो ईन्ड्रटिजले किसानको खातामा कुनै रकम भुक्तानी नगरेको र लुम्बिनी चिनी उधोगले बाकी रकम मध्ये २ करोड रुपैया किसानहरुको खातामा पठाएपनि नेपाल सरकारले निर्धारित दर रेट अनुसार भुक्तानी नगरेको देखिन्छ । निर्धारित दर रेटमा भुक्तानी प्रक्रिया अगाडि बढाई पीडित किसानहरुको भुक्तानी सुनिश्चित गर्न सरोकारवालाहरुसंग जोडदार माग गरिएको उत्पादक समितिका अध्यक्ष उमेश चन्द्र यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै समयमा भुक्तानी नभए बाध्य भई संघर्षका कार्यक्रमहरु संचालन गर्नुपर्ने र सोबाट उत्पन्नहुने परिस्थितिको सम्पुर्ण जिम्मेवार नेपाल सरकार र सम्बन्धित मिल संचालकले नै लिनु पर्ने यादवले बताए । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।