सहबान अन्सारी/नवलपरासी,७ माघ नवलपरासीमा बिभिन्न स्थानबाट भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको २ लाख ४६ हजार ४ सय मुल्य बराबरको १० वटा खसी र ११६ वटा जिउदो बोईलर कुखुरा प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार सरावल गाउँपालिका वडा नं. ७ मोजरहियामा भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको १० वटा खसी सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो । उक्त खसी मानिसले डोरीमा बाधी डोहोर्याउदै ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि खसी छाडि मानिस भगेका थिए । उक्त खसीको प्रति गोटा २० हजारका दरले २ लाख मुल्य बराबर रहेको छ । बरामद खसी आवश्यक कारवाहीको लागि आजै महेशपुर भन्सार कार्यालय बुझाईएको छ । त्यसैगरी रामग्राम नगरपालिका वडा नं.१० नोडिहवामा भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको ११६ गोटा ( अं. २३२ के.जी.) जिउदो बोईलर कुखुरा जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले बरामद गरेको छ । उक्त कुखुरा मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि कुखुरा फाली मानिस मोटरसाईकल सहित भागेका थिए । बरामद कुखुराको ४६ हजार ४ सय मुल्य बराबर रहेको उक्त कुखुरा आवश्यक कारवाहीको लागि आजै पशु क्वारेन्टाईन महेशपुर बुझाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।