नवलपरासी /६ माघ । राष्ट्रिय जनमुक्ति पार्टी को ३०औ स्थापना दिवस बर्दघाटमा पनि भव्य रुपमा मनाएको छ । पार्टी स्थापना दिवस लाई संबोधन गर्दौ नवलपरासी जिल्ला अध्यक्ष धन बहादूर गुरुङ् ले राष्ट्र र राष्ट्रियता को लागि बैकल्पकि शक्ति को रुपमा जनमुक्ति पार्टी रहेको बताए । स्थापनाकाल देखि उठाएको मुद्धा संबिधानमा लेखाउन सफल भएको हुँदा त्यसलाई नै जितको रुपमा सूहिकार्नु पर्ने जोड् दिनु भयो । नेकपा (ओली पक्षले) संबिधानमा नभएको कूरालाई संसाद बिघाटन गरेर राजनैतिक द्धोन्द्ध निम्त्याएको बताउनु भयो । स्थाई सरकार नबन्दा जनताले चाहेको बिकास बफिल भएको छ । समयको बिकल्प खोज्दै पार्टी लाई बलियो बनाउन संगठन बिस्तार गर्दै गोलबन्द हुन आग्रह गर्नु भएको हो । यूवा महासंघ केन्द्रिय सदस्य मिन माया थापाले पार्टी बाट बुझेको ज्ञान यूवाहरु माझ फैलौने र संगठन बनाउने काम चलिरहने छ । पार्टी मजबुती बनाउन सबै यूवाहरु गोलबन्द हुन आजको आवश्यकता रहेको हो । यूवामा कृयशिलता र जोश जागर हुने भएकाले देश परिर्वतन गर्न यूवा जाग्नु पर्ने कूरा जोड दिनुभयो । त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टी केन्द्रिय सदस्य लुम बहादूर खाम्चा मगरले पार्टी सानो भनेर आत्तिन आवश्यक नरहेको बताउनु भयो । पार्टी ले स्थापनाकाल देखि उठाउदै आएको मुद्धा संबिधानमा लेखाउन सकेको छ । पार्टी मा धैर्य भएर निरन्तरता दिन आजको आवश्यकता हो । त्यसको फल स्वरुप निरन्तरता र धैर्यताका बाबजुद पार्टी को ३०औ स्थापना दिवस मनाउन सफल भएको प्रति खुसि व्यक्त गरे । राष्ट्रिय जनमुक्ति पार्टी बर्दघाट नगर कार्य समिति अध्यक्ष प्रेम बहादूर राना मगरको अध्यक्षतामा प्रमखु अतिथि पार्टी का केन्द्रिय संघीय परिषद सदस्य सुमित्र थापा, बिशेष अतिथि लुम्बिनी प्रदेश उपाध्यक्ष राम बहादूर गुरुङ, पार्टी नवलपरासी जिल्ला अध्यक्ष धन बहादूर गुरुङ् उपस्थि रहेका थिए भने पार्टी सचिव देव बहादूर गुरुङ ले सञ्चालन गर्नु भयो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।