उत्तम कुमार थापा /४ माघ बझाङ बझाङ जिल्लाकाे तलकाेट गाउँपालीकामा बाघ देखापरेको छ । गाउँपालीकाकाे वडा नम्बर ३ अन्तरगत बस्टी गाउँमा बाघ अाएपछि स्थानीय त्रसित बनेका छन । विकट गाउँपालीकामा रहेकाे बस्तिमा गाउँघरमा बाघ आएपछि गाउँलेहरु निकै चिन्तित बनेका हुन । माघ ३ गते बाघले गाउँकाे विचमा भेडा बाख्राकाे बथानमा अाक्रमण गरेकाे थियाे । हुलमै अाक्रमण गरेपछि २ वटा भेडालाई बाघकाे अाक्रमण बाट मृत्युु भएको स्थानीय बासि हेमराज राेकायाले बताए । उनले भने यसरी गाउँमै बाघ आउन थालेपिछ बर्दिया राष्ट्रिय निकुञ्जमा घटेको घटना जस्तैः जिल्लामा हुन सक्ने भन्दै सबैलाई सचेत रहन अाग्रह गरेका हुन । गाउँमा घटना करिब राति ९:३० बजेतिर भएको जनाएको हाे । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।