टेक्टीकल स्कवाड टिमबाट सीमामा निगरानी, तस्कर र अपराधी क्रियाकलाप गर्नेहरूमा त्रास

पर्सा / ४ माघ

सशस्त्र प्रहरी बल नेपालबाट खटिने गरेको टेक्टीकल स्कवाड टिमद्वारा एक हप्ता नबितिदै करिब २८ लाख बराबरको अवैध मालसमान बरामद गर्न सफल भएको छ । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट खटिएको टेक्टीकल स्कवाड टिमका प्रमुख सशसत्र प्रहरी निरीक्षक बिष्णु अधिकारीको कमाण्डमा खटिएको टोलीले एक हप्ता नबितिदै २८ लाख बराबरको अवैध मालसमान बरामद गर्न सफल भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआईजी चन्द्रप्रकाश गौतमको ठाडो निर्देशनमा खटिएको टेक्टीकल स्कवाड टिमले पर्साको बिभिन्न नाका हुदै अवैध तरिकाले आयात निर्यात हुने मालसमानहरु बरामद गरेको जनाइएको छ । केही प्रहरीहरुको सहयोगमा सीमा नाका हुदै तस्करी हुने गरेको गुनासाहरु बढनसाथ टेक्टीकल स्कवाड टिम नामक टोली गठन गरिएको र उक्त टोली एक हप्ता नबितिदै २८ लाख बराबरको मालसमान पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी उपरीक्षक खडकाका अनुसार सशस्त्र प्रहरी बल नेपालको नीति निर्देशन अनुसार जिल्लाको सीमा नाकाको साथ साथै भित्रि भेगहरुमा समेत निगरानी बढाइएको बताउनु भयो । उहाले सीमा नाकामा खटिएको बिओपीपति लगायत गणबाट खटिएको टेक्टीकल स्कवाड टिमले कुनै किसिमको गलत क्रियाकलापका साथै तस्कर संग साटघाट गरेको फेला पर्यो भने कारवाहीको भागिदार हुने बताउनु भयो ।
टेक्टीकल स्कवाड टिमका प्रमुख सशस्त्र प्रहरी निरीक्षक बिष्णु अधिकारीले आफु खटिएको एक हप्तामा २८ लाख बराबरको अवैध मालसमान भन्सार दाखिला गरेको बताउनु भयो । उहाले आफ्नो इमान्दारीता पूर्वक कार्य गरेको शिलशिलामा बिभिन्न किसिमको आरोप प्रत्यारोप लागेपनि आफु कसै संग साटघाट नराखी आफ्नो संगठनको नीति निर्देशन अनुसार काम गरिरहेको बताउनु भयो । नेपाल र भारतको सीमा नाका हुदै हुने अवैध क्रियाकलाप जस्तै तस्करी, अपराध लगायतको कार्यमा बिशेष प्राथमिक्ता दिदै काम गरिरहेको बताउनु भयो । सशस्त्र प्रहरी संगठनले दिएको जिम्मेवारी प्रति आफु इमान्दारीता पूर्वक काम गरिरहेको बताउदै अगाडी बढेको सशस्त्र प्रहरी निरीक्षक बिष्णु अधिकारीले बताउनु भयो ।
यता सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआईजी चन्द्रप्रकाश गौतमले आफ्नो क्षेत्रमा कुनै किसिमको तस्करीका साथ साथै अपराधी क्रियाकलाप हुन नदिन सोचका साथ टोली परिचालन गरेको बताउनु भयो । उहाले आफ्नो संगठनको नीति निर्देशन अनुसार कुनै किसिमको घुमुवा परिचालन नगरेपनि टेक्टीकल स्कवाड टिम परिचालन गरेको बताउनु भयो । टेक्टीकल स्कवाड टिमका साथै दसगजा क्षेत्रमा खटिएका प्रहरीले आफ्नो काम कर्तव्यको पालना नगरेको पाइए कारवाही गरिने, उनले बताए । बिगतका दिनमा खटिएका घुमुवा प्रहरीहरुलाई अहिलेपनि कारवाही गरिरहेको र केही प्रहरीलाई कारवाहीको लागी बाहिनी तानिएको बताउनु भयो । डिआईजी चन्द्रप्रकाश गौतमले प्रदेश नम्बर २ को मातहातमा रहेको ८ वटै जिल्लामा सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा टेक्टीकल स्कवाड टिम परिचालन गरिएको बताउनु भयो । टेक्टीकल स्कवाड टिमले सीमा नाकामा सुरक्षा संग सम्बन्धीत कुराहरु चोरी तस्करी नियन्त्रण, सीमा अतिक्रमणका साथै सीमामा खटिने सशस्त्र प्रहरी कर्मचारीहरुको अनुशासन र आचरण सम्बन्धी कुराहरुलाई रेखदेख गर्ने गरेको डिआईजी चन्द्र प्रकाश गौतमले बताउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot