राष्ट्रिय दैनिक / नवलपरासी ,५ पुस चर्चित थारु गायक श्रीनिवास चाैधरी र बहुचर्चित गायिका बर्षा श्रेष्ठकाे आवाजमा रहेको थारु गित ” दिलमे प्यार जगाके” सार्वजनिक भएसंगै दर्शकको रोजाइमा पर्न थालेको छ । एक हप्ता पहिल्यै सार्वजनिक भएको ” दिलमे प्यार जगाके” बाेलकाे गित दर्शककाे मन मस्तिष्कमा बस्न सफल भएको छ । निकै सुमधुर स्वर भएको गायिका बर्षा श्रेष्ठ र स्वरकाे धनी गायक श्रीनिवास चाैधरीकाे याे गितले धेरै दर्शक स्रोताकाे मन मस्तिष्कमा बस्न सफल भएको छ। श्याम चौधरी शब्द/संगीत रहेको गितमा लिलानाथ प्रसाद थारु र नेहेलिजा चौधरी लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ । गणेश चौधरीको एरेन्ज रहेको सो गितकाे भिडियोको छायांकन काठमाडौंकाे विभिन्न रमणीय स्थानमा गरेका छन् । नाैँ मिनेट छव सेकेन्ड रहेको गित सिबिल इन्टरटेनमेन्ट युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । याे गितलाई हेरेर साथ सहयोग दिन युनिटले अनुरोध गरेका छन। गितको भिडियो :- राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।