उमेश बि.क / नवलपरासी ,४ माघ पश्चिम नवलपरासीको सरावल गाउँपालिकाद्वारा खेलाडीलाई सम्मान गरिएको छ । गाउँपालिका उपाध्यक्ष उत्तमा रायको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा खेलाडीहरुलाई सम्मान गरिएको हाे। कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले सरावल खेलकुदकाे सन्दर्भमा उर्वर भुमि रहेकाे बताउदै अन्य गाउँपालिका भन्दा यहाँ राम्रो खेलाडी रहेको बताउनु भएको हाे। खेलाडीबाट अाफ्नाे पहिचान बनाई सरकारी जागिर समेत हासिल गरेको र खेलकुद मार्फत युवाहरूलाई स्वस्थ्य बनाई ,अनुसासित ,संगठित बनाई अात्मिता कायम गरेको छ । खेलकुख याेग अभ्यास भएको हुनाले यसले राेग लाग्नबाट टाढा राख्छ । गाउँपालिकाबाट खेलकुदमा बजेट बिनियाेजन गरि युवा प्राथमिकता राखेकाे छ । युवाहरूलाई कुलतबाट बचाउन खेलकुदले महत्त्वपूर्ण भुमिका खेलेको छ । खेलमा विजेता भएर सरावल खेलकुद संस्थाले गाउँपालिकाकाे नाम अगाडि बढाएकाे बताउदै खेल क्षेत्रमा गाउँपालिकाबाट सहयोग र साथ हमेशा दिइने कुरामा जाेड दिनु भएको हाे। त्यस्तै उपाध्यक्ष उत्तमा रायले खेलाडीहरुलाई उच्च मनाेबलकाे साथ खेलाडीलाई सम्मान गर्दै समान अवसर दिइएको कुरामा जाेड दिनुभएको हाे। खेलकाे माध्यमबाट गाउँ देखि जिल्ला र राष्ट्र सम्म अाफ्नाे नाम अगाडि बढाउने अवसर गाउँपालिकाले खेल क्षेत्रमा बजेट बिनियाेजन गरिकाे छ । तसर्थ खेलाडीहरुले खेल क्षेत्रमा विशेष ध्यान दिदै अगाडि बढ्न अाग्रह गर्नुभएको हाे। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेल ,खेलकुद संस्थाका अध्यक्ष महेन्द्र चाैधरी,वडा नं. २ वडा सदस्य नरेन्द्र चाैधरी, राष्ट्रिय चित्रकार नर बहादुर बि.क , याेजनाशाखा प्रमुख राजन बस्याल लगाएतकाे उपस्थिति रहेको कार्यक्रममा खेलाडीहरुलाई खादा अाेढाई सम्मान गरिएको हाे। सरावल खेलकुद संस्थाद्वारा चिसापानीमा अायाेजित अन्तर जिल्ला वडा कप भलिबलमा द्वितिय भई २५ हजार मेडल प्रमाणपत्र पाएका थिए । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।