रबिन्द्र यादव / नवलपरासी ४ माघ नवलपरासी पश्चिमको सुनवल नगरपालिका वडा नम्बर २ का वडा अध्यक्षले सरकारी सवारीसाधनको दुरुपयोग गरेका छन शनिवार ९ विदाको दिन ० नगरपालिकाले वडा अध्यक्षकोलागि सवारी सुविधा दिएको लु १ ब १९२३ नम्बरको मोटरसाईकल दुरुपयोग भएपछि स्थानीयले एक्छिन कब्जामा लिएपछी छोडेका थिए । वडा अध्यक्ष राजेन्द्र यादवले आफ्ना कार्यकर्तालाई मोटरसाईकल चलाउन दिएको स्थानीयको भनाइ छ । पटक पटक सरकारी सवारी साधनको दुरुपयोग भएपछी स्थानीयले नियन्त्रणमा लिएको स्थानीय कुन्दन बानीयाले बताए । पटक पटक वडा अध्यक्षले सरकारी साधनको दुरुपयोग गरेकाले केही बेर नियन्त्रणमा लिएर सवारी छाडिएको स्थानीयले बताए । वडा अध्यक्ष राजेन्द्र यादवले भने आफ्नो घरमा रहेको सवारी चलाउने चालकलाई सामान लिनका लागि सुनवल चोक सम्म सवारी दिएको भन्दै अतिरन्जित गर्न खोजिएको बताए । यादव भने नेकपाबाट निर्वाचित जनप्रतिनिधि हुन । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।