पर्सा, ३ माघ / सशस्त्र प्रहरी संगठनका प्रमुख आइजिपी शैलेन्द्र खनालले दिएको निर्देशनलाइ धज्जी उडाउदै तराइको विभिन्न जिल्लामा सशस्त्र प्रहरी सादा पोशाकमा परिचालन भएको पाइएको छ । नेपाल र भारतको सीमा नाकाको प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपालले सीमा निगरानीमा ध्यान नपुर्याउदै आर्थिक कारोबारमा लागेको घुमुवा परिचालनको कार्यले प्रष्ट पारेको हो । शान्ती सुरक्षाको जिम्मेवारी पाएका नेपाल प्रहरीले अपराध अनुसन्धान शाखाको नाममा सादा पोशाकमा टोलि परिचालन गर्न सकिने प्रावधान रहेपनी सशस्त्र प्रहरी बल नेपालमा उक्त प्रावधान हटाएपनी प्रदेश नम्बर २ मा व्यापक सादा पोशाकमा टोलि परिचालन भएका छन । करीब १ महिना अगाडी सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीका प्रमुखको रूपमा आउनु भएका डिआइजी चन्द्रप्रकाश गौतमले नाम बदनाम भएका घुमुवाहरूलाइ बाहिनीमा तानी कारवाही गरेको विभिन्न सन्चार माध्यममा बताएका थिए । उहाले सशस्त्र प्रहरी संगठनको कुनै नीति अनुसार घुमुवा परिचालन गर्न नसकिने भएकोले घुमुवा नखटाइने प्रतिवधता जनाएका थिए । तर उहाको इमान्दारिता एक महिना समेत टिकन सकेन । उहाले पर्सा, बारा, रौतहट लगायत विभिन्न ठाउहरूमा खटिएका घुमुवाहरूलाइ कारवाहीको नाममा तनिएपनी पुन: घुमुवाकै रूपमा फर्काएको देखिन्छ । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक बिष्णु अधिकारीको कमान्डमा ७ जना बदनाम घुमुवालाइ डिआइजी चन्द्र प्रकाश गौतमले खटाएको श्रोतले जनाएको छ । श्रोतले जनाए अनुसार सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षकको समेत आदेशलाइ वास्ता नै नगरी सशस्त्र प्रहरी निरीक्षक बिष्णु अधिकारी सादा पोशाकमा खटिने गरेको दाबी गरे । आफुलाइ डिआइजी गौतमको मान्छे हो भन्दै आफ्नो मनोमानी तरिकाले काम गर्दै आएको श्रोतले जान्कारी दिएका छन । सशस्त्र प्रहरी निरीक्षक अधिकारीको मनोमानी तरिकाको कामले गर्दा संगठन माथी नै बिश्वास गुम्दै गएको सशस्त्र प्रहरी श्रोतले दुखेसो पोखे । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट सशस्त्र प्रहरी निरीक्षक बिष्णु अधिकारीको कमान्डमा राजाराम पटेल, धर्मेन्द्र राउत कुर्मी, नरेश यादव, बिनोद यादव र जय अधिकारी सादा पोशाकमा खटिने गरेका छन भने डिआइजी चन्द्र प्रकाश गौतमले आफ्नो निजि दुत बनाएर प्रहरी जवान इमाम आलम, सुदर्शन बैठा, बसिस्ट पटेल, बिकाश रौनियार लगायतको टोलिलाइ सादा पोशाकमा खटाएको बुझिन्छ । सादा पोशाकमा खटिने प्रहरीहरू मात्र आर्थिक रकमको चलखेल गर्नु र नगरे मालसमान पक्राउ गर्ने गरेको श्रोतले दाबी गरे । स-साना ब्यापारीलाइ पक्राउ गर्ने र ठुला वडा तस्करलाइ मासिक लाखौ नजराना बुझे बापत छोडने गरेको बताइन्छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।