सियारी ३ हर्नैयामा खिचडी महोत्सव , थारु सास्कृतिक सग्रालय भवनको शिलान्यास

तुलसी राम पौडेल / सियारी ३ माघ

रुपन्देहीको सियारी गाउपालिका -३ हर्नैयामा २६४५ औं थारु लावा साल माघी खिचडी महोत्सव सम्पन्न तथा थारू सास्कृतिक सग्रालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न भयो ।
“थारु भाषा ,कला ,साहित्य ,सस्कृती ओ पहिचान
संरक्षण ,प्रवर्द्धन कइना हम्मन अधिकार ” भन्ने नाराका साथ थारु कल्याणकारी सभा सियारी गाउपालिकाको आयोजनामा शुक्रबार उक्त खिचडी महोत्सव तथा थारु सास्कृतिक सग्रालय शिलान्यास कार्यक्रम सम्पन्न भएको हो । लुम्बिनी प्रदेश भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले हजारौ बर्ष अघिदेखि थारु सस्कृती ,रितिरिवाज पहिचानलाई सरक्षण गर्न थारु सास्कृतिक सग्रालय आवश्यक रहेको बताउनु भयो ।थारु सास्कृतिक सग्रालयको भवन निर्माणको लागि प्रदेश सरकारबाट सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो।लुम्बिनी प्रदेश सभाको उपसभामुख कृष्नी थारुले थारु सस्कृती ,रितिरिवाज पहिचानलाई संरक्षण गर्न सम्पूर्ण थारु एकजुट भएर लाग्नुपर्ने बताउनु भयो ।लुम्बिनी प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरीले थारु सास्कृतिक सग्रालयलाई आवश्यक थारु सस्कृती ,रितिरिवाज एवं पहिचान सम्बन्धि झल्काउने अति पुराना चिजहरु खोज्न मिहिनेत गर्नुपर्ने बताउनु भयो।थारु सग्रालयमा थारु सम्बन्धि एतिहासिक चिजहरु नभएसम्म सग्रालयको अर्थ नहुने बताउनु भयो ।

लुम्बिनी प्रदेश सभा सदस्य पुस्पा थारुले थारु सस्कृती ,कला,पहिचानलाई सरक्षण गर्न अभियान चलाउनुपर्ने बताउनु भयो । थारु राजनीतिक ,सामाजिक क्षेत्रमा अगाडि नबढेसम्म थारुको हक अधिकार सुनिश्चित नहुने बताउनु भयो ।सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले थारुमा उत्कृष्ट प्रतिभा भएका कलाकार भएकोले थारु कला प्रतिभालाई व्याबसायिकरण गर्नुपर्नेमा जोड दिनु भयो।त्यसै गरि थारु कल्याणकारी सभा बरिस्ठ केन्द्रिय उपाध्यक्ष देविप्रसाद चौधरी , थारु कल्याणकारी सभा रुपन्देहीका अध्यक्ष सतिस कुमार चौधरी लगायतले थारुको इतिहास हजारौं बर्ष भन्दा पुरानो भएकोले थारु हुनमा गर्व गर्नुपर्ने बताउनु भएको थियोे ।
कार्यक्रममा थारु जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा छिमेकी गाउपालिका लगायतका ठाउबाट थारु सस्कृती ,कला ,पहिचान सम्बन्धि झाकी प्रस्तुत गरिएको थियोे ।थारु कल्याणकारी सभा सियारी गाउपालिका अध्यक्ष धनिराम चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचीव सरिता चौधरीले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot