२ माघ / बाँके । राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत परविन थापा मगरको हत्या भएको छ । सहायक सूचकको रुपमा कार्यरत परविन थापा मगरको शव मृत अवस्थामा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ स्थित कारकाँदो देखी पूर्व तर्फको खेतमा फेला परेका बाँके प्रहरीले जनाएको हो । बाँके प्रहरीका प्रवक्ता डिएसपी सुभाष खडका अनुसार मृत अवस्थामा फेला परेका मगरको टाउकोमा धारिलो हतियारको चोट रहेको बताउनुभयो । घटना के कसरी भएको भन्ने विषयमा प्रहरीले अनुसन्धान थालिसकेको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।