उत्तम कुमार थापा / बझाङ २ माघ ८७ बर्षिया बृद्घलाई जबरजस्ती करणी गरेको आरोप बझाङ बित्थडचिर गाउँपालिका वडा नम्बर ५ ओसैल बस्ने बर्ष २५ का तारा कामी पक्राउ परेका छन । पौष २७ गते राती अन्दाजी १० बजेतिरको समयमा ८७ बर्षिया बृद्घ नाम परिवर्तन ( झ कुमारी ) लाई जबरजस्तीकरणी गरेको आरोपमा कामी पक्राउ परेका हुन । पिडित बृद्घको नाक र गालामा समेत चोट लागेको छ । घरमा एक्लै रहेको अवस्थामा निजको घर भित्र पसी निज पीडित लाई जवरजस्ती करणी गरि भागेको खबर प्राप्त भएपछि माघ १ गते कामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका डियसपी रुपक खडकाले बताए । पक्राउ परेका कामी बिरुद्घ जवरजस्ती करणी कसूर अन्तर्गत मुद्दा दर्ता गरि अनुसन्धान कार्य जारी रहेको उनको भनाइ छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।