माघ १, अर्घाखाँची अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ तुम्कोटको नेपाली टोल निवासी विमल नेपालीले कुटपिट गरी आफ्नी आमाको हत्या गरेका छन् । विमल मदिरा खाई घरमा आएका थिए घरमा बसेकी आमालाई कुटपिट गर्दा आमा हिरादेवी नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यलाय अर्घाखाँचीले पुष्टी गरेको छ । गएराति आमा र बुबालाई कुटपिट गरी फरार रहेका नेपालीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी माधव वुढाथोकीको नेतृत्वमा रहेको प्रहरी टोलीले नेपालीलाई प्रकाउ गरि प्रहरी हिरासतमा राखिएको स्थानीय युवा व्यवसायी लक्ष्मण पराजुलीले जानकारी दिनुभएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।