नेता मो. इस्तियाक राईको शब्द माथी युवा संगठनको ध्यानाकर्षण

राईलाई राजनितिक संस्कारमा रह्न र अनावश्यक भ्रमको खेती नगर्न बिज्ञप्ती मार्फत अध्यक्ष वर्माको कडा चेतावनी

अजय पाठक
२९ पुस, बाँके । “अब राजावादीहरुले टाउको नउठाए हुन्छ” शव्द माथी राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन, नेपालगञ्जको ध्यानाकर्षण भएको अध्यक्ष रवि वर्माले बताएका छन ।

सोमबार पृथ्वी जयन्ती / राष्ट्रिय एकता दिवसको अवसरमा नेपालगन्जको धम्बोझीमा जयन्ती एवं दिवसको कार्यक्रम आयोजना गरिएको थियो । विभिन्न धार्मिक संघसंस्थाहरुले मनाएका कार्यक्रम मार्फत पुनः राजा ल्याउने पक्षमा सहभागीहरुले राजतन्त्र मार्न पाइँदैन, राष्ट्रिय एकता जिन्दावाद, राजा आऊ, देश बचाऊ लगायतका नाराहरु लगाउदै जयन्ती मनाएका थिए ।

त्यस्तै सोमबार जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिती बाँकेले पनि नेपालगन्जको मुख्य बजार त्रिभुवन चोकमा बृहत बिरोध कार्यक्रमको आयोजना गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रियपति विद्या देवी भणडारीले उठाएको कदम सांसद विघटन असंबैधानिक र प्रतिगामी रहेको विषयमा उक्त बृहत बिरोध कार्यक्रममा पुर्व सहरी बिकास मन्त्री मो. इसतियाक राईले समेत सम्बोधन गरेका थिए ।

बिरोध कार्यक्रममा सम्बोधन कै क्रममा नेता राईले “पछिल्लो राजनीतिक घटनाक्रमले राजावादीहरु सल्बलाउन थालेको प्रति अच्चमित नहुन कार्यकर्ताहरुलाई आग्रह गर्दै नेपालगन्जमा पनि केही राजावादीहरुले टाउको उठाइरहेको भन्दै त्यसको पछि नलाग्न बताएका थिए । नेपालगन्जका मेयर धवल शम्शेर राणा प्रति लक्षित गर्दै अब राजावादीका दिन गई सकेको र अव राजावादीको सपना नदेख्न चेतावनी दिएको अन्लाईन खोजखबरले जनाएको थियो ।”

उक्त “अब राजावादीहरुले टाउको नउठाए हुन्छ” शव्द माथी राष्ट्रिय प्रजाान्त्रिक युवा संगठन, नेपालगञ्ज-बाँके अध्यक्ष रवि वर्माको ध्यानाकर्षण भएको जनाएका छन ।

वर्माले उक्त शब्द माथी कडा रुपमा ध्यानाकर्षण भएको भन्दै समाजिक संजाल मार्फत कडा रुपमा बिज्ञपति मार्फत बिरोध जनाएका छन ।

उनले सामाजिक संजाल मार्फत राजावादीले टाउको मात्र होइन छाती तानेर मुकाबला गर्न पछि नहट्ने बताउदै नेता राईको शब्दको सम्बन्धमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।

युवा संगठन पनि एउटा राजनितिक पार्टी हुनको नाताले राईलाई राजनितिक संस्कारमा रह्न र अनावश्यक भ्रमको खेती नगर्न भन्दै जनता समाजवादी पार्टीका नेताहरुलाई सचेत गराएका छन । साथै आउँदो दिनहरुमा यस्ता भ्रामक गतिविधिहरुलाई निस्तेज पार्न राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन चुप लागेर नबस्ने समेत जानकारी गराएका छन ।”

युवा संगठनको ध्यानाकर्षण विज्ञप्ति यस प्रकारको छ ।

मिति २०७७/०९/२७ गतेका दिन #जनता_ समाजवादी_ पार्टी का नेता मो. इस्तियाक राइ ज्यु द्वारा बोलेको अब राजा बादि हरु ले टाउको न उठाय हुन्छ भनेको मा , राजावादी ले टाउको मात्र होइन छाती तानेर मुकाबला गर्न पछि हट्दैन र यस सम्बन्ध मा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको गम्भीर ध्यानाकर्षण भएको छ, साथै इस विज्ञप्ति मार्फत जानकारी गराउँदछु , एउटा राजनितिक पार्टी हुनुको नाताले राजनितिक संस्कारमा रहि अनाबश्यक भ्रमको खेती नगर्न,जनता समाजवादी पार्टी का नेता हरु लाई सचेत गराउँछौ ,साथै आउदा दिनमा यस्ता भ्रामक गतिविधि लाई निस्तेज पार्न राष्ट्रिय प्रजतान्त्रिक युवा संगठन चुप लागेर नबस्ने समेत जानकारी गराउँदा छौ। जय राष्ट्रबाद

नगर अध्यक्ष
रवि वर्मा
राष्ट्रिय प्रजाान्त्रिक युवा संगठन
नेपालगञ्ज बाँके

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot