आफ्नै भाइको टाउकोमा लाठी प्रहार गरी हत्या

२८ पुस / बाँके । 

घराएसी विवादका कारण आफ्नै १७ वर्षिय भाइको हत्यामा संलग्न ईसराईल खाँलाई बाँके प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सोमबार साझको समयमा बाँकेको विकट नरैनापुर गाउँपालिका वडा नं. ४ का ३० वर्षिय ईसराईल खाँले बारिसी बाबा सामुदायिक वनमा गएको आफ्नै सहोदर १७ बर्षिय भाई रहिस खाँलाई नियोजित तरिकाले पछाडीबाट टाउकोमा लाठी (करौती/धौती ) प्रहार गरेका थिए ।

ईसराईल खाँले भाईको टाउकोमा प्रहार गर्दा रहिस खाँको घटनास्थलमै मृत्यु भएको थियो । ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी निरीक्षक बसन्त गौतम समेत रहेको टोलीले घोरधैरिया नाकाबाट उनलाई नियन्त्रणमा लिएको हो ।

घराएसी विवादका कारण उक्त घटना भएको बुझिएको छ । दोषीलाई नियन्त्रणमा लिई थप आवश्यक सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot