रन्जीत शर्मा/ नवलपरासी/ २८ पुस पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा न.३ बस्ने मोहित सर्जिकल सप्लायर्सका सन्चालक तथा युवा तथा सामाजिक अभियन्ता गुड्डु गुप्ताले पालिकाका मा०वि० बिधालयहरुमा दोस्रो चरणको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । सोमबार पाल्हिनन्दन गाउँपालिकाका राजनरायण मा० बि० गेरमी , राधाकृष्ण मा०बि० विष्णुपूरा , शुकदेव मा०बि० सनइ , जनता मा०बि० लोहरौलीमा २४ पि० सेनेटाइजर र १५० पि० मास्क लगायतको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन । कोरोनाको महामारी बीच पनि भौतिक रुपमा बिधालय संचालन गर्नु पर्ने बाध्यता रहेकोले शिक्षक तथा विद्यार्थीहरुले सावधानी अपनाइ शैक्षिक क्रियाकलापलाई अगाडि बढाउन यो अभियान चालिएको र पालिकाका सबै मा०बि० बिधालयमा हस्तान्तरण गरिने गुड्डु गुप्ताले जानकारी दिएका छन् । यस अघि पहिलो चरणमा पाल्हिनन्दन गाउँपालिकाका हरपुर मा०वि० हरपुर र बाल शिक्षा निकेतन मा०बि० सुनरिमा पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रम पत्रकार रन्जीत शर्मा , ग्यानेश्वर सहानी , युवा अभियन्ता सुभान अलि , शिक्षा प्रेमी मोबारख पठान , सन्जय जैसवाल लगायत सबै बिधालयका प्रधानाध्यापक , सहयोगि शिक्षकको सहभागिता रहेको थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।