कृष्णनगर / पुस २८ कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहतमा रहेको प्रहरी चौकी बगईबाट गोप्य सुचनाको आधारमा कृष्णनगर नगरपालिका वडा नं. ५ बगही स्थित खटिएको डियुटी टोलीले चेक जाँच गर्ने क्रममा भारत बाट नेपाल तर्फ अबैध रुपमा लैजादै गरेको औषधी जस्तो देखिने बस्तु बेबारिसे अबस्थामा फेला पारी रित पुर्वक बरामद गरी इलाका प्रहरी कार्यालय कृष्णनगरमा बुझाएको थियो । औषधी जस्तो देखिने बस्तु स्थानिय भद्र भलाद्मी बुद्दीजिवी समेतको रोहवरमा आज इलाका प्रहरी कार्यालय कृष्णनगरको कम्पाउण्डमा खाडल खनी नस्ट गरिएको छ । जस्को अनुमानित २४ हजार ४ सय मुल्य बराबरको अवैध अौषधी नस्ट गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।